• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङमा आइतवार सम्म २७२ जनामा कोरोना पुष्टि, ८५ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ असार ७ गते आइतवार


दाङ : दाङमा आइतवार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा प्रतिष्ठानका १ स्वास्थ्यकर्मी सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । दाङको तुलसीपुर, घोराही र गढवाबाट संकलन भएका ४६५ वटा स्वाब परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए ।

ति मध्य रोल्पाका २५ बर्षीय एक जना पुरुष प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी रहेको समेत उनले जानकारी दिए । त्यसैगरी तुलसीपुर उमपहानगरपालिकाका वडा नम्बर १३, १६ र १८ का १६,१९,१९,३३ र ३९ बर्षीय ५ जना पुरुष , गढवा गाउँपालिकाका वडा नं. १, २ र ५ का १४,२४ र २५ बर्षीय पुरुष, र घोराही उपमहानगरपालिका वडा नं. १ र ३ का ३२ र ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । योसंगै दाङमा कोरोना संक्रमितको संख्या २७२ पुगेको छ, भने आइतवार सम्म ८५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कलम चन्दका अनुसार घोराहीका ४४ जना, बंगलाचुली गाउँपालिकाका १४ जना , लमही नगरपालिकाका १० जना , गढवा गाउँपालिकाका ८ जना , तुलसीपुर उपमहानगरका ६ जना , राप्ती गाउँपालिकाका २ र बबई गाउँपालिकाका १ जना डिस्र्चाज भएका छन् ।

त्यसैगरी हाल सम्म प्रतिष्ठानमा दाङ लगाएत विभिन्न जिल्लाबाट गरी १३ हजार २५१ स्वाब संकलन भई आएको मध्य ९ हजार ४९९ पीसीआर विधीबाट परिक्षण गर्दा ३९६ जनामा कोरोना पुष्टि भएको छ, भने ९ हजार ८३ जनाको रिर्पाेट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । अब ३ हजार ७५२ परिक्षण गर्न बाँकी रहेको समेत प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार