दाङमा आइतवार थप ११ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार ७ गते आइतवार


दाङ : दाङमा आइतवार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा प्रतिष्ठानका १ स्वास्थ्यकर्मी सहित ११ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

दाङको तुलसीपुर, घोराही र गढवाबाट संकलन भएका ४६५ वटा स्वाब परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए । ति मध्य रोल्पाका २५ बर्षीय एक जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी रहेको समेत उनले बताए ।

त्यसैगरी तुलसीपुर उमपहानगरपालिकाका वडा नम्बर १३, १६ र १८ का १६,१९,१९,३३ र ९ बर्षीय ५ जना पुरुष , गढवा गाउँपालिकाका वडा नं. १, २ र ५ का १४,२४ र २५ बर्षीय पुरुष, र घोराही उपमहानगरपालिका वडा नं. १ र ३ का ३२ र ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । योसंगै दाङमा कोरोना संक्रमितको संख्या २७२ पुगेको छ ।

यता प्रतिष्ठानमा आज सम्म कर्मचारी तथा स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै आईसोलेसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको का.मु.रजिष्ट्रार दैबले जानकारी दिए । त्यसैगरी प्रतिष्ठानले २ दिनदेखि बन्द गरेको सेवा सोमवारदेखि शुरु गर्ने जनाएको छ । प्रतिष्ठानका १२ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ६३ जना संक्रमित ब्यक्तिहरुसंग प्रत्यक्ष सम्पर्कमा आएको हुनाले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको प्रतिष्ठानले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार