• २०७७ कार्तिक १२ गते बुधवार

३ युवाले करिब डेढ करोडको लगानीमा बाख्रा पालन गर्दै (भिडीयो सहित)

Author Logo..
२०७७ असार ७ गते आइतवार


तुलसीपुर : पछिल्लो समय युवाहरु विदेश भन्दा पनि स्वदेश मै कुनै न कुनै ब्यवसाय गर्न थालेका छन् । तर नेपालमा राज्यले युवाहरुले ब्यवसाय गर्न चाहेमा राहत अनुदान दिने भनि भन्दै आएको भएता पनि धेरैले ऋण लिएर नै ब्यवसाय गर्दै आएको पाईन्छ । त्यसै गरी दाङको तुलसीपुर १६ फचकलुवामा ३ जना युवाहरुले करोडौँको लगानीमा बाख्रा पालन ब्यवसाय शुरु गरेका छन् । पछिल्लो समय नेपालमा पनि बोयर जातको बाख्रा पालन हुन थालेपछि करिब डेढ करोडको लगानीमा करिब १ बर्षदेखि बोयर जातका बाख्रा पालन ब्यवसाय शुरु गरेका छन् । डि.के. एग्रो प्रालि फर्म दर्ता खगेन्द्र राना, दिपेन्द्र वली र लोकेन्द्र रानाले शुरु गरेका हुन् ।


अहिले फर्ममा ७५ देखी १ सय प्रतिशतका ३५ वटा बोयर जातका बाख्राहरु भएको संचालक खगेन्द्र रानाले बताए । १ विगाह जमिन आफ्नो र अरु ६ विगाह जमिन भाडाँमा लिएर बाख्रा पालन ब्यवसाय शुरु गरेको उनले बताए । लकडाउनका कारण अरु बाख्रा ल्याउन नसकिएको र लकडाउन पछि करिब २ सय बाख्रा थप्ने समेत उनले बताए । नेपालमा अब केही गर्नु पर्छ भनेर लागे पछि पहिलो पटक चितवनमा रहेका बोयर जात बाख्रा पालनमा ब्यवसाय हेर्दा आफुहरुलाई थप उर्जा भएपछि यो ब्यवसायमा लागेको रानाले बताए । कम लगानी वा सामुहिकमा राम्रो ब्यवसाय गर्न सकिने भएकाले यो ब्यवसाय गरेको उनले बताए । अहिले सम्म भौतिक संचरणा देखी बाख्रा किन्दाँ सम्म करिब डेढ करोड लगानी लागेको उनले बताए ।

२७ लाख बराबरको बाख्रा किनेको समेत उनले बताए । त्यसैगरी बाख्राका मुल्य प्रतिशतका आधारमा हुने समेत उनले बताए । ७५ प्रतिशत बोयर जातलाई जिउँदो प्रतिकिलो २५ सय किलो र ८७.५ प्रतिशतलाई २८ सय किलो पर्ने समेत उनले बताए । त्यसैगरी यो जातको बाख्रा बर्षदिन सम्म १ सय २० देखि ५० किलो सम्मको हुने र प्रत्येक दिन कम्तिमा २ सयदेखी ३ सय ग्राम मासु बढ्ने उनको भनाई छ । पछिल्लो समयमा युवाहरुमा कृषी पेसा गर्नु हुदैन् भन्ने जुन सोच छ । त्यस सोचलाई बदल्नको लागी आफुहरु ३ दिन मिलेर कृषी क्षेत्रमा लागेको संचालक दिपेन्द्र वलीले बताए ।

नेपालमा कृषी क्षेत्रमा पनि दक्ष जनशक्ति भएपनि उनीहरु विदेशी जाने क्रम बढ्दो भएकाले पनि अब युवाहरुले नेपालमा केही गर्नु पर्छ भन्नको लागी बाख्रा पालन ब्यवसाय शुरु गरेको उनले बताए । त्यसैगरी उनले आफुहरुले बाख्रा पालन नभई फलफुल खेती, कुखुरा पालन र बाख्राको दुधबाट उत्पादन हुने पाउण्डर बनाउने योजना गरेको समेत बताए ।

तर अहिले कृषकहरु भन्दा पनि विचौलीयाहरुले नाफा लिने भएकाले त्यसको अन्त्य हुनु पर्ने उनको भनाई । ‘ जसले कुनै मेहेनत गरेको हुदैन्, त्यसले नै नाफा लिएको छ,’ उनले भने ,‘ त्यसको लागी अब आफै नै सजक ह्नु पर्दछ । हामीले उत्पादन गरेको बस्तु आफैले नै बजारिकरण गर्नु पर्छ । त्यसैगरी संचालक वलीले नेपालमा कुनै पनि ब्यवसाय गर्दा केही मात्रामा अवसरहरु भएको भएता पनि चुनौतीहरु धेरै भएको बताए । २०/२२ बर्षको उम्मेरमा कुनै ब्यक्ति ब्यवसाय गर्न लाग्दा उसले ऋण पाउँदैन् । तर त्यहि ब्यक्ति विदेश जाने भएपछि उसले पाउँछ । त्यसैले ब्यवसाय गर्ने युवाहरुलाई राज्यले हेर्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार