एमसिसी खारेजीको माग गर्दै हापुरेमा मौन प्रदर्शन

Author Logo..
अनलाइन राप्ती २०७७ असार ६ गते शनिवार


हापुरे : पछिल्लो अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बिषयमा देशका विभिन्न ठाउँमा विरुद्ध हुदै आएको छ । त्यसैगरी शनिवार दाङको हापुरेमा युवाहरुले एमसीसी खारेजीको माग गर्दै मौन प्रदर्शन गरेका छन् । विभिन्न एमसीसी विरोधी नाराहरु लेखिएका पोष्टरहरुसहित पश्चिम दाङका विभिन्न स्थानहरुबाट युवाहरुको सहभागिता रहेको थियो ।

एमसीसी खारेजीको लागि युवा सञ्जालका अभियान्ता अशोक भण्डारीको संयोजकत्वमा एमसीसी खारेज गर । अमेरीकी साम्राज्यवाद मुर्दावाद लगाएतका नाराहरु लेखिएका प्लेकार्डहरु हातमा समाएर मौन विरोध प्रदर्शन गरेका थिए । वक्ताहरुले एमसीसी नेपालको सार्वभौमिकता, संविधान र कानूनलाई चुनैति दिने प्रावधानहरुसहित आएकोले यसलाई स्वीकार गरेर जानु भनेको राष्ट्रघातलाई समर्थन जनाउनु भएको भन्दै सम्पूर्ण देशभक्तहरु यसको विपक्षमा उभिनुपर्ने बताएका थिए ।

अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत प्रवेश गर्न खोजेको एमसीसी परियोजनाले नेपाललाई थप उपनिवेश बनाउँने भएकोले यो खारेज हुनुपर्ने बताएका थिए । कार्यक्रममा अध्ययन समूह दाङका संयोजक प्रमोद धिताल र (नेकपा)का ५ नम्बर प्रदेश सदस्य भीम बहादुर वलीले मन्तव्य राखेका थिए ।

त्यसैगरी सत्तारुढ दल नेकपा भित्र एमसिसी स्वीकृत गर्ने नगर्ने बिषयमा विवाद कायमै रहेको छ । यो बिषयमा निर्णय लिन नसक्दा संसदमा विचाराधीन अवस्थामा थन्किएको छ । एमसिसी तत्कालीन नेपाली कांग्रेसको सरकारले २०७४ साल भदै २९ गते नेपाल सरकार र अमेरिकी सरकार बीच सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार