समाजसेवी वलीद्धारा बृद्ध दम्पतिलाई सहयोग

Author Logo..
२०७७ असार ६ गते शनिवार


घोराही : युवा व्यवसायी तथा समाजसेवी जयराम वलीले वृद्ध दम्पतीलाई खाद्यान्न सहयोग गरेका छन् । दंगशीरण गाउँपालिका ६ निवासी वलीले घोराही उपमहानगरपालिका १३ रानीजरुवामा बस्दै आएका घर बारविहिन वृद्ध दम्पतीलाई खाद्यान्न सहयोग गरेका हुन् ।

सामाजिक सञ्जाल युटुवमा भिडियो हेरेपछि उनले शनिबार वृद्ध दम्पती बस्दै आएको घोराही १३ रानी जरुवास्थीत घरमा पुगेर एक बोरा चामल, तेल, बिस्कुट सहित नगद पैसा सहयोग गरेका हुन् । उनीहरुका सन्तान नभएको र घरबारविहीन वृद्ध दम्पती समस्या परेको भिडियो युटुवमा हेरेपछि आफुले थोरै भएपनि सहयोग गरौं भन्ने उद्देश्यले चालम, तेल लगाएत खाद्यान्न सहयोग गरेको बताए ।
रोल्पा जुरमसिनाका ७१ बर्षीया रामकली परियार र ६६ बर्षीय लालबहादुर दसौदी विगत एक बर्षदेखि घोराही रानीजरुवामा बस्दै आएका छन् ।

मासिक ५ सय रुपैयाँ तिरेर कोठा भाडा लिएर बस्दै आएको भएता पनि लकडाउनका कारण थप समस्या परेका छन् । सेवारखोलामा गिट्टी कुटेर जीविका चलाउँदै आएका उनीहरु मध्य ७१ बर्षीया रामकली परियारको नागरिकता समेत छैन । नागरिकता नहुँदा सरकारले ज्येष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता समेत पाउन नसकेको गुनासो गरेका छन् ।

नागरिकताको लागि पहल गरेपनि विभिन्न बहना बनाएर नागरिकता नबनाइदिएको राकमलीले बताईन् । ‘आफु जस्तै अरुले भत्ता बुझ्छन, आफ्नो त नागरिकता पनि छैन,’ उनले भनिन्,‘नागरिकता नहँुदा भत्ता आउँदैन्, जसले साँझ विहान खानका लागि गिट्टी कुट्नु परेको छ ।’ दुई वटी छोरीहरु भएपनि उनीहरु सम्पर्कमा नभएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार