• २०७७ कार्तिक ६ गते बिहिवार

गढ्वाको कोठरीमा डुवान

Author Logo..
अनलाइन राप्ती २०७७ असार ६ गते शनिवार

फाइल फोटो

सुशिल बस्नेत

दाङ : देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभावले मौसम बदली तथा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दाङको कालाकाटे सिक्टा सडक खण्ड निर्माणको क्रममा नाली पुरिएपछी गढवा गाउँपालिका वडा नं २ कोठरी गाउँ डुवानमा परेको छ । सडक निर्माणको क्रममा यस अघी बनाइएको पानी निकास पुरिएपछी कोठरी गाउँ डुवानमा परेको स्थानीय घनश्याम चौधरीले जानकारी दिए । झण्डै ५० घरमा पानी पसेको छ ।

गाउँलेहरुले निर्माणाधिन सडक खनेर पानी निकास खोलेका छन् । सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुन पुगेको र मनसुनी गतिविधि सक्रिय हुँदै गएको मौसमविदले मञ्जु बासीले बताएकी छन् । हाल देशभर सामान्यतया बदलीको अवस्था रहेको छ । देशका धेरै स्थानमा पानी परेको छ। विशेष गरी गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविदल बासीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार