• २०७७ मङ्सिर ९ गते मङ्गलवार

शान्तिनगर २ का तरुण दल अध्यक्ष खड्काद्धारा विभिन्न खाद्य सामाग्री सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ असार ५ गते शुक्रवार


शान्तिनगर : शान्तिनगर गाउँपालिका निवासी युवा बिमल खड्काले क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुका लागी विभिन्न खाद्य सामाग्री सहयोग गरेका छन् । वडा नम्बर २ का तरुण दल अध्यक्ष समेत रहेका खड्काले वडा नम्बर २ को बालकल्याण आधारभुत विद्यालयमा रहेको ब्यक्तिहरुका लागी १० कार्टुन खानेपानी, १/१ गत्ता बिस्कुट, चाउचाउ र ५ किलो चिउरा सहयोग गरेको उनले बताए । आफ्नो सानो सहयोगले पनि क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई सहज होस् भनि सहयोग गरेको उनले बताए । खड्काले उक्त सामाग्री बाघमारे स्वास्थ्य चौकीका प्रमुख कमल भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार