• २०७७ फाल्गुन १८ गते मङ्गलवार

दाङमा वडाध्यक्ष सहित १९ जना डिस्जार्च

Author Logo..
२०७७ असार ५ गते शुक्रवार


दाङ : दाङमा वडाध्यक्ष सहित १९ जना डिस्जार्च भएका छन् । शुक्रवार कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ५ जना र बंगलाचुली गाउँपालिकाको आईसोलेसनबाट वडाध्यक्ष सहित १४ जना डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पतालबाट घोराही उपमहानगरका ४ जना र बबई गाउँपालिकाका १ जना डिस्चार्ज भएको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिए ।

अहिले अस्पपातलमा ४८ जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत उनले बताए । त्यसैगरी अहिले सम्म अस्पतालबाट ६३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सहित १४ जना पनि डिस्चार्ज भएका छन् । गाउँपालिकाले स्थापना गरेको आईसोलेसन कक्षमा बसेका उनीहरु डिस्चार्ज भएको गाउँपालिकाले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार