• २०७७ मङ्सिर ११ गते बिहिवार

तुलसीपुर उपमहानगरको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

Author Logo..
अनलाइन राप्ती २०७७ असार ५ गते शुक्रवार

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सातौं नगर सभा बैठकमा उपमहानरका मेयर घनश्याम पाण्डेले आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गदै स्वास्थ्य, शिक्षा र कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिएको बताए ।

त्यस्तै उपमहानरले कृषि , सवै नगरबासीमा स्वच्छ पिउने पानी, बाहै्र महिना सिंचाईको व्यवस्थापन, सडक सञ्जाल बिस्तार,फोहोर व्यवस्थापन, पर्यटन मार्ग लगाएतका विषयलाई निति तथा कार्यक्रममा प्राथमिकता दिईएको उनले बताए ।

आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम

तुलसीपुर उपमहानगरपालिका 
दाङ्ग, ५ नम्बर प्रदेश, नेपाल


२०७७ असार ५

नगरसभाका सदस्यज्यूहरु, 

    १. तुलसीपुर उपमहानगरपालिकाको सम्मानित नगर सभा समक्ष नगरप्रमुखको हैसियतले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मैले अपार हर्ष र गौरबको अनुभुति गरिरहेको छुँ ।  तुलसीपुर उपमहानगरपालिकालाई आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर, समृद्ध, सुरक्षित र नमुना नगर बनाउने नगरबासीको आकांक्षा अनुसार यो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिरहेको छुँ । 

    २. तुलसीपुर उपमहानगरपालिकाको सातौ नगरसभाको यस महत्वपूर्ण अवसरमा म सर्वप्रथम मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा विगतमा भएका सामाजिक न्याय तथा जनताको अधिकार प्राप्तिका आन्दोलनहरुमा आफ्नो जीवन वलिदान दिने अमर शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहन्छु । यसका साथै घाइते, अपाङ्ग लगायतका आन्दोलनमा होमिने सबैप्रति उच्च सम्मान प्रकट गर्दछु । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को  संक्रमणको जोखिमयुक्त अवस्थामा पनि आम नगरबासीलाई सुरक्षित राख्नका लागि पहिलो पंक्तिमा रहेर अहोरात्र खट्नु हुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी, स्वयम्सेवा, राजनीतिक तथा सामाजिक संघसंस्थाहरु लगायत कोरोना विपद् कोषमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक सम्मान प्रकट गर्दछु । साथै कोरोना संक्रमणबाट ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै यस रोगबाट संक्रमित हुनुर्भका सबैमा सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । 

३. आज सारा विश्व नै कोभिड १९ को  संक्रमणका कारण कठिन अवस्थाबाट गुज्रिरहेको छ । सबैको सहयोग र सहकार्यबाट मात्रै हामी यो विश्वव्यापी संकटबाट जोगिन सक्छौ । जस्तोसुकै कठिन अवस्थाबाट भएपनि सबै एकजुट भएर कोभिड १९ विरुद्धको लडाइमा अगाडी वढ्नुपर्ने अहिलेको प्राथमिकता हो । 

४. जनताको विकास पाउँने अधिकार तथा समावेशी सहभागिता र  समुन्नत जीवनयापनको आकांक्षा सम्वोधन गर्न सक्ने ठानी हामीलाई अमूल्य मत दिएर विजयी बनाउनु हुने तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण जनसमुदायप्रति यस अवसरमा म पुनः उच्च सम्मान प्रकट गर्न चाहन्छु । जनताले दिएको अभिमत तथा हामीले जनता समक्ष गरेको प्रतिवद्धता तथा जनताका आवश्यकतालाई मुल एजेण्डा बनाएर हामीले काम गर्न थालेको पनि ३ वर्ष पुरा भएको छ । यो सातौ नगरसभासम्म आइपुग्दा जनताका अपेक्षा र हाम्रो प्रतिवद्धतालाई सम्बोधन गर्ने दिशामा हामी सफलताका साथ अगाडि वढिरहेकोमा मलाई गर्वको महसुस भएको छ । संघीयता कार्यान्वयन भन्दा पहिले सामान्य विकासे अड्डाका रुपमा मात्रै रहेको तुलसीपुर उपमहानगरपालिकालाई घरदैलोको सरकारको रुपमा विकास गरेर जनताको सरकारको अनुभुति दिलाउन सफल भएका छौ । 

    ५. संघात्मक शासन प्रणाली हाम्रो मुलुकका लागि नयाँ  अभ्यास हो । यस प्रणालीमा हामीले  सिक्दै, सिकेका कुरा प्रयोग गर्दै सफलताहरुलाई अनुकरण गर्दै कमजोरीहरु सुधार गर्दै अगाडी वढिरहेका छौ । संविधानले निर्दिष्ट गरेका अधिकारहरु तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थालाई पालना गर्दै तुलसीपुर उपमहानगरपालिकाले जनमुखी सेवा प्रवाह गरिरहेको कुरा सर्वविदितै छ । 

६. जनतालाई छिटो छरितो, सर्वसुलभ र गुणस्तरिय सेवा दिने, जनताले चाहेको विकास प्रक्रियालाई शिरमा राख्दै, मनोभावनालाई उच्च सम्मान गर्दै सुरक्षित जीवनयापनको अनभुति गराउँने मुल ध्येय बाहेक हाम्रो अर्को कुनै शर्त छैन  यसका लागि दैनिक प्रशासन सञ्चालन, कानुन, नीति निर्माण तथा योजना तर्जुमा र कार्यान्वयनलाई उच्च प्राथमिकताका साथ सम्पादन गरिरहेका छौ ।  

        ७.  जनताको विश्वास र आकांक्षालाई सफलिभुत पार्न इमान्दारीपूर्वक जिम्मेवारीवोध गर्दै हामीले हाम्रो उपमहानगरपालिकालाई  “हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर, खुसी जनता – समृद्ध तुलसीपुर” को रुपमा  चिनाउन र स्थापित गर्न मन, वचन र कर्मले लाग्ने संकल्प गरेका छौ । यसलाई सार्थक बनाउन मुस्कानले स्वागत र व्यवहारले सहयोग गर्ने कार्यशैली वनाएका छौ ।

८. तुलसीपुर उपमहानगरपालिकाले विकास निर्माण, नीति निर्माण, विकास निर्माणको कार्य सञ्चालन, आन्तरिक तथा बाह्य स्रोत परिचालन, सार्वजनिक तथा निजी साँझेदारीका कार्यक्रमहरु सञ्चालन लगायत समग्र विषयका आधारमा नगरविकास कोषबाट यसै आर्थिक वर्षमा मुलुककै उत्कृष्ट उपमहानगरपालिकाका रुपमा घोषित भएको खुसी म यो महत्वपूर्ण अवसरमा यहाँहरु समक्ष बाँड्न चाहन्छु । 

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

९. पहिलो वर्ष हाम्रा लागि सिकाइ,कानुन, योजना तथा निर्माणको वर्ष थियो, दोस्रो वर्षमा हामीले तुलसीपुरको समृद्धिको आधार खडा गर्यौ । तेस्रो वर्षलाई हामीले सडक वर्षका रुपमा १९ वटै वडामा गुणस्तरिय सडक पु¥याउँदै थियौ तर कोरोनाको संकटले ती सडकको स्तरोन्तती मात्र सम्भव भएको छ ।  चौथो वर्षमा कोरोना संक्रमणको  विषम परिस्थितिलाई सम्बोधन गर्न स्वास्थ्य, कृषि,रोजगारी, शिक्षा र सडक तथा अन्य पूर्वाधार विकास तर्फ हामीले मुख्य ध्यान दिने कुरा जानकारी गराउन चाहन्छु । 

१०. आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तर्जुमाको आधार हामीले गरेका  कार्यहरुको सिंहावलोकनको आधार हुन् । हामीले हिडेको बाटोलाई संघीय र प्रदेश सरकारले समेत पछ्याएको देख्दा हामीलाई गर्वको अनुभुति हुन्छ । अब म यहाँ विगतका महत्वपूर्ण र नमुनायोग्य नीति तथा कार्यक्रमलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।

११. एकाएक र हठात हामीले सामना गर्नुपरेको कोभिड १९ को महामारीलाई सिमित स्रोत र साधनका बाबजुद पनि आइसोलेसन, क्वारेन्टाइन निर्माण ,अलपत्र अवस्थामा देश तथा विदेशका र तुलसीपुरका मात्रै होइन नेपालभरकै नागरिकलाई पनि मानविय सेवाको वोध गर्दै व्यवस्थापन गर्यौ ।  

१२.  संकटको विचमा पनि अनेक सम्भावना र अवसर हुन सक्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै श्रम बैक मार्फत  रोजगारको सृजना गर्दै गरियो । यसले बेरोजगारलाई रोजगार मात्रै दिएन की रोजगारदाताहरुलाई आवश्यक श्रमिक शक्ति उपलब्ध गराउने आधार स्थापित गर्यो । यो अभ्यासलाई सामान्य अवस्थामा पनि उपयोग गर्न सकिने आधार तय भएको छ । यो तिनै तहका सरकारका लागि सिकाइ र अनुकरणको विषय वन्नुका साथै अनुसन्धानकर्ताका लागि अध्ययनको प्रवर्तनात्मक विषय वनेको छ । 

१३.  जनतासँग तुलसीपुर भन्ने  अवधारणाका आधारमा हामीले तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर  तुलसीपुरको सडक विकास पूर्वाधारलाई अगाडी वढायौ । चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिइएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार वनाएको छ । आगामी वर्ष यसले सडक पूर्वाधार बाहेक अन्य क्षेत्रमा पनि दु्रत गतिमा विकास गर्नेछ । प्राधिकरणले सिमित स्रोत र साधनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सोचलाई मुर्तता दिएको छ । 

१४  “जहाँ विद्यार्थी त्यही शिक्षक र संरचना”  भन्ने नीति अनुसार हामीले न्युन विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयहरु मर्ज गर्ने नीतिलाई अगाडि वढाएका छौ । यसलाई निरन्तरता दिदै  संघ सरकारले पनि यो प्रक्रियालाई देशव्यापी रपमा विस्तार गर्दै अनुदान दिई मर्जरलाई प्रोत्साहन गर्ने नीति अगाडी सारेका छौं ।

१५. समृद्ध वडा, सक्षम जनशक्ति  भन्ने नीति अनुसार तुलसीपुर उपमहानगरपालिकालाई दक्ष जनशक्तिले सुसम्पन्न बनाएर तिव्र र गुणस्तरिय सेवा प्रदान गर्नका लागि हरेक वडामा अधिकृतस्तरको वडा प्रमुख, इन्जिनियर, सब इन्जिनियर र अमिन लगायतका कर्मचारीको व्यवस्था गरिएको छ ।  नगर कार्यालयमा प्रयाप्त जनशक्तिको व्यवस्था गरिएको छ । यसले जनताको काम छिटो, छरितो, गुणस्तरिय र सरल ढँगले अगाडि वढिरहेकोे छ । 

१६. तुलसीपुर नगरवासीले गौरब अनुभुति गर्ने खालका हामीले नगरका गौरबपूर्ण आयोजनाहरु जस्तै ःतुलसीपुर कृषि उपज, तरकारी तथा फलफुल बजार, तुलसीपुर आधुनिक वसपार्क, तुलसीपुर मेट्रो कलेज (बहुप्राविधिक शिक्षालय) , तुलसीपुर अटो भिलेज लगायतका आयोजनाहरुलाई सम्पन्न गरिसकेका छौ भने तुलसी ट्रेड टावरको डिपिआर तयार गर्नुका साथै ऐतिहासिक तथा धार्मिकस्थल छिल्लीकोटोको केबुलकार सम्भावना अध्ययनको कार्य अन्तिम चरणमा रहेको छ  । यस्तै प्रकृतिका अन्य गौरबका योजनाहरु निर्माण गर्ने प्रक्रियामा छौ । 

१७ स्वास्थ्य सेवामा सुदृढिकरण र मातृशिशु सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई ५ हजार प्रोत्साहन भत्ता वितरण गरेका कारण सुत्केरी आमाको मृत्युदरलाई २ वर्षमै शुन्यमा झार्न हामी सफल भएका छौं । जसले गर्दा तुलसीपुर शुन्य मातृ मृत्युदर हुने नेपालकै अग्रणी स्थानीय तह बनेको छ । यसका साथै संस्थागत सुत्केरी दरलाई शतप्रतिशत पुर्याएका छौ । 

१८. कृषक पहिचान, कृषिमा स्वाभिमान  भन्ने नीति अनुरुप करिब २ सय कृषकलाई  कृषक परिचय पत्र वितरण र उत्कृष्ट कृषक सम्मानको प्रक्रिया थालनी गर्यौ । साथै आगामी वर्षमा ब्यावसायिक कृषकहरुलाई विशेष अनुदान प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।  
 
१९. कृषि उत्पादन वृद्धि गर्न र युवाहरुलाई समेत कृषि पेशातर्फ आकर्षित गर्नका लागि धान, मकै जस्ता खाद्य बालीमा अनुदान दिनुका साथै करार खेति गर्नेको जग्गा भाडा तिरिदिने, प्लाष्टिक टनेल वितरण र वन्द अवस्थामा रहेका डिप बोरिङ्गहरुको सञ्चालन गर्यौ । 

२०. दाङ्गको गौरबका रुपमा रहेको ऐतिहासिक टरिगाउँ विमानस्थल नियमित सञ्चालनमा आएर दैनिक दुइवटा उडान भर्नका लागि सक्षम भएको छ । यसका अतिरिक्त विमानस्थलका पूर्वाधारहरु टर्मिनल भवन लगायतका निर्माण भइरहेका छन् । यस विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको पाइलट कोर्सको अध्ययनको लागि सम्भावना अध्ययनको कार्य सम्पन्न भएको छ । 

२१. तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्न तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) स्थापना गरेर यसै वर्षबाट वन विज्ञानको कक्षा सञ्चालन भइरहेको छ भने यस क्षेत्रका ८ वटा सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षा सञ्चालनका लागि  अनुदान दिएर विभिन्न प्राविधिक विषयहरुको अध्यापन भइरहेको छ । यसैवर्षबाट प्रदेश सरकारको सहयोगमा तुलसीपुर बहुप्राविधिक शिक्षालयका लागि बजेट विनियोजन भएको कुरा समेत जानकारी गराउँन चाहन्छु । 

२२. स्वस्थ जनता , सुखी नगरबासी भन्ने मुलमन्त्रका साथ जनताको आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न विशेषज्ञ चिकित्सक सहितको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र, ११ वटा नगरस्वास्थ्य केन्द्र तथा ६ वटा चौविस घण्टे  प्रसुति सेवा केन्द्र, ८ वटा प्रयोगशाला सहित १९ वटै वडामा गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच वृद्धि गरेका छौं । यसका अतिरिक्त ज्येष्ठ नागरिक, गर्भवती महिला लाई पचास प्रतिशत छुट सहित ३ वटा एम्बुलेन्स विकट वडाबाट सञ्चालन गरिरहेका छौ । 

२३.  भ्रमण वर्ष २०२० को अवसरमा हामीले घुम्न जाउँ तुलसीपुर अभियान सुरुवात गरी विभिन्न पर्यटकीय क्षेत्रको गुरुयोजना सहित पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न विभिन्न होमस्टेहरु सञ्चालनमा ल्याएका छौं । 

२४. सूचना प्रविधिमैत्री सरकारको अवधारणा अनुरुप उपमहानगरपालिकालाई डिजिटल प्रविधियुक्त वनाउने काम भएको छ । जस अनुसार उपमहानगरपालिकाको कार्यालय भित्र सिसीटिभी जडान, विद्युतिय हाजिरी, विद्युतिय पालो प्रणाली अनुसार सेवाग्राहीलाई सेवा प्रवाह, डिजिटल नागरिक वडा पत्र, गर्भवती तथा सुत्केरी आमाहरुको डिजिटल रेकर्ड, वडा कार्यालयबाट अनलाईन घटना दर्ता, हेल्लो मेयर टोल फ्रि नम्वर, हेल्लो मेयर इमेल, फेसवुक, ट्विटर, तुलसीपुर एप्स तथा वेवसाईट आदि कार्यान्वयनमा आइसकेका छन् । अनलाईन मार्फत वडा वडाबाट सम्पत्ति कर वुझ्ने र घटना दर्ता सम्वन्धि कार्य वडा कार्यालयबाटै सञ्चालन गरिने व्यवस्था कार्यान्वयन गरिसकिएको छ । 

२५. तुलसीपुर उपमहानगरपालिकामा असल तथा जनमुखी शासन स्थपना गर्न र नगरवासीलाई गुणस्तरीय सेवा प्रवाहमा सहजता ल्याउन  १७ वटा ऐन र ६० वटा नियमावली, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु निर्माण गरी कार्यान्वयन गरिएको छ । 

२६. तुलसीपुर उपमहानगरपालिकाको स्थानीय अदालतको रुपमा रहेको न्यायीक समितिमा परेका उजुरीहरुलाई समयमै फछ्र्योट गर्ने परिपाटीको विकास गरेका छौं ।

२७. उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न नियमित बजार अनुगमन तथा नियमन प्रणालीलाई प्रभावकारीरुपमा सञ्चालन गरिरहेका छौं ।

२८. तुलसीपुर उपमहानगरपालिकाले सुरुवात गरेको श्रम बैक, विद्यालय समायोजन, स्यानीटरी प्याड वितरण, सुरक्षित आवास (खरको छानो विस्थापन गरेर जस्ता पाता लगाउनको कार्य) , पूर्वाधार विकास प्राधिकरण जस्ता असल अभ्यास र नीतिहरु संघ, प्रदेश र अन्य स्थानीय तहले समेत अनुसरण गरेका छन् ।  

नगर सभाका सदस्य ज्यूहरु,
अब म आगामी आर्थिक बर्षका प्राथमिकता प्राप्त नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।

१. जनस्वास्थ्य तथा पोषण र कोभिड १९ बाट जनताको सुरक्षा

    कोभिड १९ ले विश्वव्यापि रुपमा महासंकट अहिले पनि विद्यामान छ । यतिबेला जीवन रहे भविष्यमा विकास र समृद्धि देख्न पाइन्छ । त्यसैले यतिबेला संघ, प्रदेश र स्थानीय सरकार सबैको ध्यान जनताको जीवन रक्षा नै रहेको छ । जीवन जोगाउँने कुरा यतिबेला सबैभन्दा महत्वको विषय हो । यर्सैका आधारमा स्वास्थ्य क्षेत्र सुदृढिकरणलाई यस आर्थिक वर्षको सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रुपमा प्रस्ताव गरिएको छ । 
    कोभिड—१९ लगायतका महामारी तथा अन्य संक्रामक रोग न्यूनीकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिई यसको रोकथाम, नियन्त्रण, पूर्व तयारी र  प्रतिकार्यको  व्यवस्था गर्दै पालिकाभित्र जीवन वचाउने औषधी, औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको  सहज आपूर्ति वा भण्डारणको व्यवस्था गरी जनतालाई सुरक्षित राखिनेछ । 
    संविधानले निर्देश गरे अनुरुप मौलिक हकको रुपमा रहेको आधारभुत स्वास्थ्य सेवामा सवै नागरीकको सहज पहुँच पुर्याइनेछ र स्वास्थ्य बिमा प्रणाली लागु गरिनेछ  । 
    मातृमृत्युदर, नवजात शिशु मृत्युदर, पाँचवर्ष मुनिका वच्चाहरुको मृत्युदर र औषत आयु जस्ता स्वास्थ्य र विकासका महत्वपूर्ण सुचनाहरुमा आधारित प्रगतीका लक्ष्यहरु किटान गरी लागु गरिने छ ।
    स्वास्थ्य सुचना ब्यवस्थापन प्रणालीलाई बैज्ञानिक बनाउन समयानुसार विश्वसनिय तथा डिजीटल प्रणालीमा आधारित रिपोर्टिङ प्रणाली लागु गरिने छ । दूरचिकित्सा प्रणाली, बिद्युतिय स्वास्थ्य प्रविधी एम्–हेल्थ, ई–हेल्थ र अन्य आधुनिक प्रविधीलाई अवलम्बन गरि स्वास्थ्य सेवालाई सुदृढ बनाइनेछ । 
    भिमसेन नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गरिनेछ । अन्य संघ संस्थासँग मिलेर तुलसीपुर ट्रमा तथा सामुदायिक अस्पताल स्थापना गरि सञ्चालन गर्न आवश्यक कार्य गरिनेछ ।
    आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिदै आएको मातृशिशु सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
    एम्वुलेन्स सेवालाई अत्यावश्यक औषधी, अक्सिजन र दक्ष स्वास्थ्यकर्मी सहितको सेवा मार्फत थप ब्यवस्थापन गरिनेछ । साथै ज्येष्ठ नागरिक र सुत्केरीलाई प्रदान गर्दै आएको सहुलियतलाई निरन्तरता दिइनेछ । 
    परीवार नियोजन, सुरक्षित गर्भपतन लगायत यौन तथा प्रजनन स्वास्थ्यलाई एकिकृत सेवाको रुपमा कार्यान्वयन गर्न नगरमा स्मार्ट स्वास्थ्य सेवा प्रणाली संचालन गरिनेछ । किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार ग्रिदै लगिनेछ । 
    देशको मौलिक चिकित्सा पद्धतिको रुपमा आयुर्वेदको विकासमा जोड दिइनेछ र नेपाल संस्कृत विश्वविद्यालयसँग हातेमालो गर्दै तुलसीपुर उपमहानगरपालिकालाई आयूर्वेद, योग तथा जडिवुडि चिकित्साको हवको रुपमा स्थापित गरिने छ । अन्य वैकल्पिक चिकित्सा प्रणालीहरुको पनि विकास गर्दै लगिनेछ । 
    नसर्ने रोगहरुको उपचार तथा सचेतना समुदाय तथा विद्यालयस्तरदेखि लागु गरिनेछ । 
    २ वर्ष भित्र उपमहानगरलाई मोतिविन्दुमुक्त नगरको रुपमा रुपान्तरण गरी उज्यालो दृष्टि नगरका रुपमा विकास गरिनेछ । 
    मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि उपमहानगरपालिकाको २ वटा स्वास्थ्य संस्थामा मनोपरामर्श इकाइको ब्यवस्थापन गरिने छ ।
    सवै नागरिकलाई वर्षमा कम्तीमा २ पटक स्वास्थ्य जाँच गर्न अभिप्रेरित गर्ने र जाँच गरि सकेकालाई स्मार्ट हेल्थ कार्ड वितरण गरिने छ ।
    सिकलसेल एनिमिया अनुवांशिक रोगको रोकथाम तथा सामाजिक व्यवस्थापनका लागि कार्यंक्रम संचालन गरिने छ ।
    तुलसीपुरमा एउटा मेडिकल तथा मल्टीप्रपोज आधुनिक ल्यावको स्थापना गरि सेवा प्रवाह गरिनेछ । 
     कार्यरत स्वास्थ्यकर्मीको क्षमता विकास, अध्ययन सुविधा  तथा प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ । 
    विपन्न एकल महिला, ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकका लागी स्वास्थ्य सुरक्षा विशेष कार्यक्रम संचालन गरिनेछ । 
    निजी अस्पताल, पोलीक्लिनीक, स्वास्थ्य क्लिनीक, औषधि पसल तथा एम्वुलेन्स संचालनको नीतिगत नियमन तथा सहकार्यको कार्यक्रम लागु गरिनेछ ।
    तुलसीपुरलाई स्वास्थ्य उपचारको हबका रुपमा विकास गरिनेछ । सबै स्वास्थ्य संस्थाहरुमा ल्याव सेवा सञ्चालन गरिनेछ , राप्ती प्रादेशिक अस्पताललाई प्रदेश सरकारको समन्वयमा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकास गरिनेछ । राप्ती आँखा अस्पताल, विजौरी प्राविधिक आयुर्वेद अस्पताल, राप्ती आयुर्वेद अस्पताललाई सघं तथा प्रदेश सरकारको समन्वयमा पूर्वाधार विकास तथा पुणस्तरिय सेवाका निम्ती सहकार्य गरी आवश्यक कार्य गरिनेछ । 
    संगठित तथा असँगठित क्षेत्रका मजदुरलाई लक्षित गरी आधारभुत स्वास्थ्य जाँचको व्यवस्था गरिनेछ ।  
    तुलसीपुरका विकट वस्तीमा विशेषज्ञ स्वास्थ्य शिवीर तथा स्क्रिनीङ क्याम्प संचालन गर्नुका साथै २४ घण्टे प्रसुति सेवालाई थप प्रभावकारी वनाइनेछ  । 
    एच.आई.भी. एड्स रोगको प्रकोपदर घटाउन संवन्धित संस्था तथा जोखिम समुहसंग साझेदारीको कार्यक्रम संचालन गरिनेछ । एचआइभि प्रभावित भए समाजमा खुलेर यस सम्वन्धि समेतना जगाउँने व्यक्तिको परिवारलाई विशेष सहयोगको व्यवस्था गरिनेछ ।  
    योग र ध्यानलाई स्वस्थ जीवनको आधार बनाउन आवश्यक कार्य गरीनेछ । 
    स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापनलाई थप सुदृढीकरण गरिने छ ।  स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी स्वास्थ्यकर्मीको मनोवल बढाउने र स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइने छ । 
    महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई थप प्रभावकारी वनाउन प्रोत्साहन स्वरुप मासिक सञ्चार खर्चको ब्यवस्था तथा अन्य प्रोत्साहनका कार्यक्रम संचालन गरिने छ । 
    तुलसीपुरमा संचालित स्वास्थ्यचौकी वार्ड र सम्बन्धित स्वास्थ्य संस्था, नगर स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिदै आएका स्वास्थ्य सेवाहरुलाई थप गुणस्तरीय बनाउन र औषधि उपकरणको अभाव हुन नदिन आवश्यक बजेट विनियोजन गरिनेछ । साथै तुलसीपुरमा बसोबास गर्ने गरिव, सीमान्तकृत तथा पछाडि परेका समुदाय भएका क्षेत्रहरुमा आवश्यकताका आधारमा थप स्वास्थ्य सेवाको विस्तार गर्दै लगिने छ ।
    तुलसीपुरमा  वहुक्षेत्रिय पोषण तथा आपतकालीन पोषण कार्यक्रम संचालन र  पोषण पुनस्र्थापना केन्द्र तथा उपचार केन्द्र स्थापनाको प्रक्रिया अगाडि वढाइनेछ । प्रत्येक बर्ष उपमहानगरको एउटा वडा पूर्ण पोषणयुक्त घोषणा गरिनेछ ।
    सुनौला हजार दिनका आमाहरुलाई पोषण प्रवद्र्धनमा सचेतना र सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ । 
    धुम्रपान तथा मध्यपानमुक्त टोल घोषणालाई अगाडी बढाइने छ ।
    प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा स्थापित बेलभुण्डी कोरोना विशेष अस्पताललाई प्रदेश स्तरकै सरुवा रोग नियन्त्रण अस्पतालका रुपमा विकास गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिनेछ । 

२. कृषि, पशुपन्छी, माछा विकास र लक्षित वर्ग सशक्तिकरण सम्बन्धी नीति तथा कार्यक्रम 

    कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण तथा ब्यवसायीकरण गरी कृषि उत्पादनमा वृद्धि गरिनेछ । 
    भू उपयोगको नीति निर्माण गरी जग्गाको वर्गिकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिइनेछ  ।
     उन्नत वीउको प्रयोगलाई बृद्धि गर्न विउँ उत्यादन क्षमतालाई वढाइ विउँको आयातामा कमी गर्दै लगिनेछ । यसका साथै किसानलाई उन्नत वीउको सहज उपलब्धता र हाइव्रिड वीउँ प्रतिस्थापन दरमा बृद्धि गरिनेछ ।
    कोभिड १९ को महामारीका कारण घरगाउँमा फर्किएका युवाहरुलाई कृषि क्षेत्रमा गाउँघरमै रोजगार दिइने व्यवस्थाका साथै परामर्शको व्यवस्था मिलाइने छ  । उत्कृष्ट कृषकहरुलाई प्रोत्साहनका लागि कृषक परिचय पत्र वितरण र सम्मानलाई निरन्तरता दिइनेछ  । 
     जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिदै बाँझा जग्गाहरुमा खेती प्रणाली विस्तार गरी रोजगार सृजना गरिनेछ । 
    नगर क्षेत्रमा माटो परिक्षण  प्रयोगशाला स्थापना गरी माटो सुहाउँदो खेती प्रणालीलाई विकास गरिनेछ । 
माटो व्यवस्थापन गरी दिगो कृषि उत्पादनमा बृद्धि गरी प्रांगारिक कृषि प्रविधिहरुको प्रयोग मार्फत कृषि उत्पादन                   बृद्धि गर्न प्रागारिक कृषि उत्पादनलाई प्रवद्र्धन गरिनेछ ।
    कृषिको व्यवसायिकरणका लागि ग्रामिण क्षेत्रमा “एक गाउँ÷टोल एक कृषि फर्म” र शहरी क्षेत्रमा एक घर एक कौशी खेती कार्यक्रमलाई अगाडि वढाइनेछ । 
    जग्गा चक्लावन्दी गरी सामुहिक तथा व्यावसायिक खेती प्रणालीको विकास गर्नुका साथै कृषि उत्पादनको बजारीकरणका लागि वडास्तरका कृषि उत्पादनहरुलाई नगरको कृषि उपज वजार केन्द्रसँग जोडिनेछ ।
    .कृषि उत्पादनको उचित भण्डारणको व्यवस्थापन गर्नका लागि कोल्ड स्टोर, गोदाम घर स्थापना गरी कृषि उत्पादनको क्षति र अभाव हुनबाट संरक्षण गरिनेछ । 
    कृषि क्षेत्रमा लगानी बृद्धि गर्न तथा साना कृषकहरु, कृषि व्यवसायीहरुलाई सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गर्न  वित्तिय संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिनेछ । 
    कृषि व्यवसायीकरण तथा कृषकको वाली सुरक्षा गर्न कृषि विमा कम्पनीहरुसँग समन्वय गरी कृषि विमालाई प्रोत्साहन गरिनेछ । 
    कृषिमा देखापर्ने रोग, किराको प्रकोप तथा महामारीको नियन्त्रण तथा व्यवस्थापन गर्न आकस्मिक वाली संरक्षण सेवा संचालन गरिनेछ । रासायनिक विषादी न्यूनिकरण गर्न जैविक तथा वानस्पतिक विषादी तथा घरेलु विषादीको प्रयोगमा वृद्धि गरिनेछ । 
    नगरभित्र व्यवसायीक पुष्प खेती विस्तार गरी पुष्प आयतलाई न्यूनिकरण गरिनेछ ।
    एक वडा, एक–एक कृषि र पशु प्राविधिकको व्यवस्था गरी किसानहरुलाई खेतबारी र घरगोठमै प्राबिधिक सेवा उपलब्ध गराइनेछ ।
     रैथाने बालीको संरक्षण,उत्पादन तथा प्रवद्र्धन गर्न नगरभित्र बीउ बैंक स्थापना गरिनेछ ।
     संघ र प्रदेश सरकारको समन्वयमा व्यवसायी कृषि प्रवद्र्धन, किसानको उत्पादन खरिद र बजारीकरणका लागि आवश्यक कार्य गरिनेछ । 
    “पशुपंक्षीको नश्ल सुधार, आम्दानी र रोजगारीको आधार” भन्ने नीतिलाई कार्यान्वयन गर्न पशु नश्ल सुधार र कृत्रिम गर्भाधान कार्यक्रमलाई साना ठूला व्यावसायीक किसानसम्म निःशुल्क पु्याउने नीति अबलम्बन गरीने छ 
    पशु स्वास्थ्य सेवालाई सहज वनाउन रोग निदान तथा उपचारका साथै प्रयोगशाला र पशु एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ । 
    पशुपालन पकेट क्षेत्र छनौट र  उत्पादन बृद्धिका लागि विशेष कार्यक्रम सन्चालन गर्नुका साथै घाँसखेतिमा आधारीत पशुपालनमा जोड दिन कृषकहरुलाई प्रोत्साहन गरिनेछ । पकेट प्याकेज फलोअप कार्यक्रम निरन्तर सन्चालनमा गर्ने नीति अबलम्बन गरीने छ ।
    यस नगरका  दुर्गमक्षेत्रहरुमा पशु स्वास्थ्य शिविर र घुम्ती स्वास्थ्य सेवामार्फत  खोप  तथा अन्य कार्यक्रम सन्चालन गरी सेवा लाई बिस्तार गरीनेछ ।
    किसानका पशु उत्पादनहरुलाई बजार प्रवद्र्धन गरिनेछ ।
    एक स्वास्थ्य ९इलभ ज्भबतिज एचयनचबmmभ० कार्यक्रमलाई प्रभाबकारी बनाउन जुनोटीक रोग नियन्त्रणका कार्यक्रमहरु सन्चालन गर्ने नीति अबलम्बन गरीने छ । 
    ब्यवसायिक पशुपालन प्रवद्र्धन गर्दै जोखिम न्युनिकरणका लागि पशु बिमा सचेतना सन्चालन गर्ने निति अबलम्बन गरीनेछ 
    पशुहरुको गोठ तथा भकारो सुधार गरी पशुपंक्षीजन्य उत्पादनमा बृद्धि गरिनेछ ।
    स्थानीय साकिनी प्रजातीको कुखुरा र बदिया भालेको उत्पादन बृद्धि तथा माछापालन,माहुरीपालन, रेशम खेती , व्यवसायीक तरकारी खेती लगायतको व्यवसायलाई प्रवद्र्धन गरिनेछ ।
     कृषि तथा पशुपंक्षि गणना सम्पन्न गरी कृषि तथा पशुपंक्षीको नगर स्तरिय प्रोफाइल तयार गरिनेछ । 
    मापदण्ड पुगेको र दर्ता भएका कृषि फर्ममा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानहरुलाई चारा र दाना मेसीन अनुदानमा उपलब्ध गराइनेछ । 
    परम्परागत कृषि औजार उत्पादन गर्ने कृषि उद्यमीहरुलाई प्रोत्साहन गरिनेछ । 
    तुलसीपुर आधुनिक कृषि उपज तरकारी तथा फलफुल बजारमा शित भण्डार स्थापना गरिनेछ ।
    कृषि उपज भण्डार, कोल्ड स्टोर, मलखाद गोदाम, एग्रो मिट माट निर्माणमा संघ र प्रदेश सरकार तथा सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी आवश्यक कार्य गर्ने ।  
३. शिक्षा विकास र प्राविधिक शिक्षाको विकास 

    विश्वभर फैलिएको महामारीको कारण हाल तुलसीपुरका शैक्षिक संस्थाहरु बन्द गर्नु परेको अवस्था छ , सामान्य अवस्थामा तत्काल फर्किन नसिकने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिईने छ । 
    विद्यार्थीहरुको सूचना प्रविधिमा पहँुंचको आंकलन गर्न सर्वेक्षण गरी ईन्टरनेट, टेलिभिजन, रेडियोका माध्यमबाट दुर शिक्षा प्रदान गरिने व्यवस्था गरिनेछ । 
    प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीहरुको लागि कार्यपुस्तक ९ध्यचपदययपक० लगायतको व्यवस्था गरी शिक्षक र स्थानीय स्वंयसेवकहरुको परिचालनबाट “टोल टोलमा सिकाई” कार्यक्रम लागु गरिनेछ , विद्यार्थी र शिक्षकहरुलाई जोडिराख्नका लागि टोल फ्रि (त्यिि ँचभभ) फोनको व्यवस्था गरिनेछ । 
    सिमित समय र विद्यार्थीहरुलाई सामाजिक दुरी सहित अध्ययन अध्यापन गराउने गरी विद्यालयहरुले अपनाउनु पर्ने सावधानी र व्यवस्था सहित निर्देशिका तयार गरिनेछ । 
    सबै विद्यालयहरुलाई क्रमैसंग ईन्टरनेटको पहुँच पुर्याउन विशेष कार्यक्रम सञ्चालन गरिने छ ।. ईलाईब्रेरी र प्रविधिबाट टाढा भएका विद्यालय र विद्यार्थीहरुलाई अफलाईन डिजिटल कन्टेटको व्यवस्था गरिनेछ । 
    शिक्षकहरुलाई प्राविधिक रुपमा सक्षम बनाउन प्रविधि प्रयोग सम्वन्धि तालिमको व्यवस्था गरिनेछ । 
    सिकाईलाई जीवन, समाज र पाठ्यक्रमसंग जोड्ने खालका परियोजनात्मक सिकाई कार्य (एचयवभअत दबकभम भिबचलष्लन) लाई प्रोत्साहन गर्ने सिकाई सामग्री निर्माण र प्रयोग गर्न शिक्षकहरुलाई प्रोत्साहित गरिनेछ । 
    प्रारम्भिक उमेर समुहका विद्यार्थीहरुलाई घरैमा सिकाउन अभिभावकलाई उत्प्रेरित गरिनेछ ।
    नेपालको संविधानले सबै विद्यार्थीहरुलाई आधारभुततह सम्मको शिक्षालाई अनिवार्य तथा निःशुल्क वनाउन परिकल्पना गरे बमोजिम यसै आर्थिक वर्षदेखि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म पूर्ण रुपमा निशुल्क बनाइने छ ।
    पूर्ण साक्षर नगरपालिका वनाउनका लागि अनौपचारिक शिक्षालाई प्रभावकारी वनाइनेछ, सामुदायिक सिकाइ केन्द्रहरुलाई प्रभावकारी वनाइनेछ । कम्तिमा हरेक वडामा एउटा मन्टेश्वरी शिक्षण पद्धति भएको विद्यालय स्थापना गरिनेछ । शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्तालाई सेवा सुविधा दिइनेछ । 
    शिशुकक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने ग्रामिण वडाका  ३ हजार २ सय विद्यार्थीलाई प्रदान गरिदै आएको दिवाखाजा कार्यक्रमलाई नगर भित्र एकरुपता कायम गरी निरन्तरता दिइनेछ ।
    विद्यालय हाता बाहिर वडा कार्यालय र वि.व्य.स.ले तोकेको सिमाक्षेत्र भित्र मादकपदार्थ तथा सूर्तीजन्य वस्तुहरु र जंकफुडको  विक्री वितरणमा पूर्णतः निषेध गरिने छ ।
    एक वडा एक नमूना विद्यालय विकास कार्यक्रम लागू गरि त्यसमार्फत शिक्षक र विद्यालयहरुको क्षमता अभिवृद्धि अनुगमन,पृष्ठपोषण, भौतिक संरचना लगायतमा थप लागत गरी गुणस्तरीय सिकाईको सुनिश्चितता गरिनेछ । 
    तुलसीपुर भित्रका विद्यालयहरुलाई मर्जरको प्रक्रिया निरन्तरता दिंदै ३० वटा नमुना योग्य विद्यालय वनाउने कार्यक्रमलाई क्रमश अगाडि बढाईने छ । दुर्गम क्षेत्रका विद्यालयको स्तरबृद्धि गरीनेछ । 
    हाल विद्यमान रहेको विद्यार्थीको सिकाई उपलब्धिलाई उच्च तहमा हासिल गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । अत्यन्त कम सिकाई उपलव्धि भएका विद्यार्थीहरुको लागि उपचारात्मक कक्षा (च्झभमष्ब िअबिकक)  को व्यवस्था गरिनेछ । 
    ब्ललगब ि कतबतगक या  भमगअबतष्यलब िचभउयचत ९ब्क्भ्च्० लाई निरन्तर वार्षिक कार्यक्रमको रुपमा दिदै त्यसबाट आएका रिर्पोटका आधारमा तुलसीपुर उपमहानगरपालिकाको शिक्षाको रणनीति तयार गरी कार्यान्वयन गरिनेछ । 
    विद्यालय शिक्षाको गुणस्तर विकासको लागि  अनुसन्धान, संरचनागत सुधार र व्यवस्थापन क्षमता विकास गर्ने कार्यक्रमलाई अगाडि वढाईने  छ । 
    विद्यालयहरुको भौतिक, शैक्षिक तथा गुणस्तरियताको मापदण्ड निर्माण गरी कार्यान्वयन गरिनेछ । साथै शिक्षक, प्रधानअध्यापक र विद्यालयको कार्यसम्पादनको मापदण्ड निर्माण गरि लागू गरिनेछ । 
    विद्यार्थी संख्या अनुसार शिक्षक र कर्मचारीको दरबन्दी मिलान तथा विस्तार गर्दै लगिनेछ ।  दरबन्दी अभाव भएका विद्यालयमा टिचफर नेपालसँगको सहकार्यमा स्वंयम्सेवक शिक्षक परिचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ । 
    विद्यालयहरुलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरुलाई बालमैत्री तथा अपाङ्गमैत्री वनाइने छ ।. 
    व्यवसायिक तथा प्राविधिक शिक्षाको थपविस्तार र गुणस्तरमा वृद्धि गर्दै विद्यार्थीहरुको आकर्षण केन्द बनाइनेछ ।
    नगरद्वारा सञ्चालित तुलसीपुर बहुप्राबिधिक शिक्षालय ९त्गकिष्उगच क्ष्लकतष्तगतभ या त्भअजलययिनथ०  को पूर्वाधार  निर्माण कार्य सम्पन्न गरिनेछ । तुलसीपुर मेट्रो कलेजmाई विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक र सो भन्दा माथिको  पठनपाठन हुने गुणस्तरिय शैक्षिक संस्थाका रुपमा विकास गरिनेछ । 
    संघीय तथा प्रदेश सरकारको समन्वयमा तुलसीपर उपमहानगरपालिकामा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय,पूर्वीय दर्शन, आध्यात्मिक आयुर्वेदिक, प्राकृतिक चिकित्सा,बैदिक कृषि, वास्तुशास्त्र, इन्जिनियरिङ्ग, योग र पौराणिक शास्त्रहरुको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गदै यसको समयानुकुल आधुनिकीकरण र व्यवसायी वनाउन विश्वविद्यालयसंग साझेदारीमा कार्यक्रमहरु संचालन गरिने छ ।
     विद्यालय शिक्षाको गुणस्तरको विकास गर्न संघीय, प्रदेश, र अन्य गैर सरकारी संस्थाहरुसंगको सहकार्यलाइ निरन्तरता दिईनेछ । 
    तुलसीपुरको गौरबका रुपमा नगरस्तरिय पुस्तकालय निर्माण गरी यसैबर्षबाट सञ्चालनमा ल्याइनेछ । 
    प्रधानाध्यापकसँग गरिएको कार्यसम्पादन सम्झौताको मुल्यांकन गरी नयाँ कार्यसम्पादन सम्झौता गरिनेछ । प्रधानअध्यापक र सबै शिक्षक कर्मचारीका विचमा अनिवार्य कार्यसम्पादन गरी कार्य दक्षताको मुल्यांकनको आधार वनाइनेछ । 
    शिक्षाको विकासका लागि सामुदायिक, निजी, सहकारी विद्यालय तथा संस्थाहरुको सहकार्यमा तुलसीपुर जनशक्ति विकास तालिम केन्द्र सञ्चालनमा ल्याइनेछ । 
    स्थानीय भाषा र परिवेशमा आधारित पाठ्यपुस्तक निर्माण गरी लागु गरिनेछ । 
    टिच फर नेपालसँगको सहकार्यलाई निरन्तरता दिइनेछ । 
    उपमहानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा स्थानीय शिक्षा ऐन अनुसार योग्यता पुगेका प्रधानाध्यापक नियुक्त गरिनेछ । 
    एउटा कक्षामा ३० भन्दा वढि शिशु आकर्षित गरी वालविकास सञ्चालन गर्ने शिक्षकलाई प्रोत्साहन गरिनेछ । 
    गुरुकुलम र आचार्य कुलम पद्धतिलाई शिक्षा विकासमा जोडेर नैतिक शिक्षा र आधुनिक प्राविधिक शिक्षाको विकास गरिनेछ । 


४. सिचाई

    खेतीयोग्य सबै जमिनमा सिचाई सुबिधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि गरी पानीका स्रोत संरक्षण र  नगरका साना खोलाहरुमा हार्भेष्टिङ ड्याम निर्माण गरी सिचाईको प्रबन्ध मिलाइनेछ ।
    संघ र प्रदेश सरकारको समन्वयमा ग्वारखोला र पातुखोलाामा हाईड्याम निर्माण गरी सिचाई सुविधा बिस्तारका साथै आकाशेपानी संकलन गरी सिचाई पोखरी निर्माणका र परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तार गरिनेछ ।
    सम्भावनाका आधारमा सिचाई आयोजनामा मर्मत सम्भार कोषको व्यवस्था गर्नुका साथै तुलसीपुर उपमहानगरपालिका भित्रको सुख्खा क्षेत्रमा आकाशे पानी संकलन प्रविधिलाई विकास गरि प्रयोगमा ल्याईनेछ ।
    प्रत्येक वडामा स्यालो ट्युववेल, डिप बोरिङ गरी सिचाई नपुगेको क्षेत्रमा सिचाँइको व्यवस्था गरिनेछ । 
    किसानहरुलाई बाह्रै महिना सिचाइ सेवा उपलब्ध गराउनका लागि सिँचाई मिटर जडान गरेका किसानहरुलाई फागुन, चैत, वैशाख, जेठ महिनाका लागि विद्युत महसुलको ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

 ५. पर्यटन तथा संस्कृति प्रबद्र्धन ः

    नगर पर्यटन गुरुयोजना तयार गरी पर्यटन पूर्वाधारको विकास गर्नुका साथै घुम्न जाउँ तुलसीपुर अभियानलाई निरन्तरता दिंदै पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेहरुको बिस्तार गरिनेछ ।
    उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा रहेका पर्यटकिय क्षेत्रसंग जोडिने भाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण सम्बद्र्धन गरी प्रचारप्रसार अभियानलाइ तिव्रता दिइने छ । 
    थारु, मगर,कुमाल,नेवार लगाएतका बिभिन्न स्थानीय परम्परागत कला संस्कृतीलाई साँस्कृतिक पर्यटनका रुपमा विकास गर्र्दै ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय स्थलहरुको खोज अनुसन्धान र जिर्णोद्धार गरिनेछ ।
     कृषि, उद्योग, वन तथा पर्यापर्यटनको विकास गरिनेछ,पर्यटन पद्मार्गहरुको संरक्षण र विकास गरिनेछ ।
    उद्यान, पार्क, बगैचा ताल, गुफा र दहहरुको संरक्षण सम्बद्र्धन र निर्माण तथा  बिस्तार गर्नुका साथै पर्यटन प्रबद्र्धन गर्न पर्यटन गाईड, पर्यटन बस, घोडचढी र पद यात्रा सेवाको विकासमा जोड दिइनेछ । केवलकार सञ्चालनका सार्वजनिक निजी साँझेदारीमा आवश्यक कार्य गरिनेछ । 
    सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गरिनेछ । 

६. वित्तिय सेवा र सहकारीको विकास 

    शिक्षा, स्वास्थ्य, यातायात र सुपथ मुल्य पसल खोल्न सहकारी संस्थालाई प्रोत्साहन गरी मुल्यांकनको आधारमा नगरपालिकाबाट शेयर तथा अनुदान प्रदान गरिनेछ ।
    मेरो पनि बैंक खाता अभियानलाई निरन्तरता दिंदै आगामी आर्थिक वर्षबाट तुलसीपुर उपमहानगरपालिकामा हुने नगर कारोबारलाई अन्त्य गरी बैकबाट हुने कारोबारलाई प्रोत्साहन गरिनेछ ।
    सहकारी क्षेत्रको प्रबद्र्धन, विकास तथा नियमनलाई व्यवस्थितगर्न डिजिटल सहकारीको नीतिलाई निरन्तरता दिईनेछ र हाल आवद्ध भएको सहकारी सदस्य संख्या र पूँजिलाई कम्तीमा दोब्बर गरिनेछ । साना र समान उद्देश्य भएका सहकारीलाई आवश्यकता अनुसार मर्जरको प्रक्रियामा लगिनेछ र यस्ता मर्जर हुने सहकारीलाई अनुदानको व्यवस्था मिलाइनेछ  । सहकारी संस्थाको अनुगमन तथा प्रबद्र्धन कार्यमा सहकारी संघहरुसँग समन्वय गरी कार्य गरिनेछ । 
    महिला सहकारी संस्थामा आवद्ध भएका सदस्यहरुलाई व्यवसायिक सीपविकास तालिम प्रदान गरी महिला उद्येमशिलताको विकास गरिनेछ ।
    किसान तथा साना व्यवसायीहरुलाइ सहुलियतपूर्ण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरिनेछ । सार्वजनिक, निजी र सहकारीको सहकार्यमा आर्थिक विकासका कार्यहरु गरिनेछ । सहकारी संस्थाहरु मार्फत कारोबार व्यवसाय प्रवद्र्धन गर्न प्राथमीकताका साथ कार्य गरिनेछ । 

७. खाद्य सुरक्षा, रोजगार प्रबद्र्धन तथा गरीबी निवारण

    तुलसीपुरमा बेरोजगार रहेका तथा विश्वव्यापी कोभिड १९ को महामारीको कारणले रोजगारी गुमाएर भारत लगायत अन्य मुलुकबाट फर्किएका स्थानीय नागरिकहरुको तथ्यांक लिएर उनीहरुको योग्यता, सीप, क्षमता र अनुभवको आधारमा वर्गीकरण गरी श्रम बैंकमार्फत रोजगारी उपलब्ध गराईनेछ ।
    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ठूला आयोजनासँग जोडी उपभोक्ता मार्फत गरिने योजना कार्यान्वयनमा हेभी इक्युपमेन्टको प्रयोग नगरी श्रमिकद्वारा काम गराउने नीति अबलम्बन गरिनेछ ।
    बेरोजगार युवाहरुलाई सीपमूलक तालिम संचालन गरी बीउँ पूँजी वा प्राविधिक सहयोग उपलब्ध गराईनेछ । साथै उक्त कार्यक्रमको निरन्तर अनुगमनको व्यवस्था मिलाइनेछ ।
    हिंसापिडित, विपन्न एकल महिलाहरुलाई विशेष प्राथमिकता दिई रोजगारी प्रदान गरिनेछ, अति गरीब परिवार पहिचान गरी तथ्यांक अद्यावधिक गरिनेछ । त्यस्ता परिवारको जीवीकोपार्जनका लागि तत्कालिन एवं दीर्घकालिन प्याकेज कार्यक्रम अगाडी बढाईनेछ ।
    एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइनेछ,. खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण गरी शुन्य भोकमरी अभियानलाई निरन्तरता दिइने छ ।

८. उद्योग, व्यापार तथा व्यवसाय प्रवद्र्धन

    “उद्यमशीलता, रोजगारी र उत्पादन बृद्धि ः हुन्छ तुलसीपुरको समृद्धि” को नीतिलाई आत्मसात गरी उद्योग व्यवसाय र उद्यमशीलताको विकास गरिनेछ । निजी क्षेत्रले गर्ने लगानीलाई सुरक्षा प्रदान गर्न आवश्यक कार्य गरिनेछ । आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नका लागि निजी तथा सहकारी क्षेत्रले लगानी गर्ने ठूला आयोजनाहरुसम्म पुग्ने बाटो, विजुली बत्ती, खानेपानी,सञ्चार लगायतका आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय सरकारबाट सुनिश्चितता प्रदान गरिनेछ । 
    तुलसीपुर उपमहानगरपालिकामा निर्माणाधिन दुई वटा औद्योगिक ग्रामलाई संघ, प्रदेश सरकार र निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
    रोजगार गुमाएर विदेशबाट फर्किएका व्यक्तिहरु, सहित परिवार, द्धन्द्ध प्रभावित परिवारका सदस्यले उद्योग दर्ता गर्दा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । 
    .नयाँ उद्यमीहरुको विकासका लागि उद्यमशिलता कार्यक्रम सञ्चालन गरिनेछ । स्टार्टअप व्यवसायलाई सहयोग गर्नका निम्ती विजनेश स्टार्टअप तथा इन्क्युवेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइनेछ । 
    स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा लघु उद्योगहरुको प्रोत्साहन र प्रवद्र्धन गरिनेछ, स्थानीय उत्पादनको बजारीकरण सहज र प्रभावकारी बनाइनेछ ।
    उद्योग व्यवसाय दर्ता प्रक्रियालाई सरलिकरण गरी एकद्वार र अनलाईन प्रणालीमा लगिनेछ ।
    उपमहानगरपालिकाको राजस्वमा सवै भन्दा वढी योगदान पुर्याउने उद्योगी तथा व्यवसायीलाई उचित पुरस्कार र सम्मानको व्यवस्था गरी प्रोत्साहित गरिनेछ ।
    द्धन्द्धपिडित तथा जनयुद्ध तथा अन्य आन्दोलनका घाइते परिवार, सहिद परिवार, कोभिडका कारण रोजगारी गुमाउने व्यक्ति, महिला, अपांगता भएका व्यक्ति, दलित र अल्पसंख्यकले सञ्चालन गर्ने उद्योग तथा व्यवसाय दर्तामा विशेष छुटको व्यवस्था गरिनेछ । यस्ले समुदायलाई उद्यमशिलता विकासमा जोड दिइनेछ । 
     हिंसापिडित र विपन्न एकल महिलालाई उद्यमशीलता विकासको माध्यमबाट सशक्तीकरण गरिनेछ ।
    तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी उद्योग विकास र विस्तारद्धारा निर्यात प्रवद्र्धन गर्दै वस्तु तथा सेवाको वजार विविधिकरण गरिनेछ । 

  ९. यूवा तथा खेलकद ः
    मेयरकप प्रतियोगिता, राष्ट्रपति रनिङ्ग शिल्ड, विद्यालय भित्र अतिरिक्त क्रियाकलाप अन्र्तगतका खेलकुदहरु, वडा स्तरीय प्रतियोगिताहरु कोभिडको असरलाई मध्यनजर गर्दै संचालन गरिने छ ।
    एक विद्यालय एक खेल शिक्षक नीति अवलम्बन गरी कार्यान्वयन गरिनेछ ।
    एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तर अगाडि वढाइनेछ । वडा नम्वर १ मा रहेको मदन भण्डारी रंगशालालाई प्रदेश सरकारको सहकार्यमा निर्माण कार्यलाई अगाडि वढाइनेछ । अरनिको खेल मैदानमा संघीय सरकारको सहकार्यमा अरनिको रंगशाला निर्माण कार्यलाई प्रस्ताव गरी अगाडि वढाइनेछ । 
    स्वरोजगार कार्यक्रम मार्फत विदेश पलायनहुने यूवा लक्षित योजना बनाइने छ । जस अन्तरगत एक च्भखयष्लिन ँगलम (कोष) को स्थापना गरि कोष मार्फत सामूहिक जमानीमा परियोजना धितो राखि विना व्याज ऋण प्रदानगर्ने विस्तृत कार्यक्रम यसै आर्थिक वर्ष भित्र संचालन गरिने छ । शैक्षिक प्रमाणपत्र र परियोजना धितो  राखि स्वरोजगार हुने यूवा समूह पहिचान गरि प्रत्येक वडामा कार्यक्रम संचालन गरिने छ ।
    कम्तीमा एक शैक्षिक संस्था एक सामुदायिक उद्धम कार्यक्रम कार्यान्वयन  गरिनेछ । 
    युवाको नेतृत्व विकास र सिपमुलक तालिम सञ्चालनका लागि विभिन्न संघसंस्थासँग
    राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कृत भएका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ । 
    राष्ट्रिय खेलकुद परिषद्, संघ र प्रदेश सरकारको समन्वयमा तुलसीपुर स्पोर्ट सिटी कार्ययोजना कार्यान्वयनमा ल्याइनेछ । 
    नमुना युवा संसद कार्यक्रमलाई निरन्तरता दिदै विभिन्न सामाजिक काममा अग्रसर गराइनेछ । 

१०.  महिला, बालबालिका तथा सामाजिक समावेशिकरण ः 
    लैंगिक तथा सामाजिक समावेशीकरण नीति तर्जुमा गरी महिला, तेस्रो लिङ्गी तथा पछाडी परेका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक शसक्तिकरण र नेतृत्व विकासको लागि कानुनी सचेतना, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन लगायतका कार्यक्रम संचालन  गरिनेछ । 
     महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, सामाजिक विभेद, शोषण, कुरीति, अन्धविश्वास हटाउन र न्यूनिकरणका लागि गैर सरकारी क्षेत्र समेतको सहभागितामा सामाजिक जागरण र सचेतना अभियान संचालन गरिनेछ । 
    तुलसीपुर उपमहानगरपालिकाको बजेट प्रणालीलाई लैगिक उत्तरदायी बनाइनेछ ।
    लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाई निरन्तरता  दिईनेछ । पिडित, प्रभावितलाई सीप विकास तालिम, वस्तुगत टेवाको साथै आर्थिक राहत प्रदान गरिनेछ ।
    संघ र प्रदेशको समन्वयमा श्रमिक र सडक बालबालिकाहरुलाई उचित व्यवस्थापन गरेर तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त र सडक बालबालिका मुक्त गरी बालमैत्री नगरका रुपमा घोषणा गर्नका लागि कार्यक्रमहरु संचालन गरिनेछ । 
    असहाय, अनाथ, वेवारीसे बालबालिकाहरुको संरक्षण तथा विषेश सुरक्षा प्रदान गर्न संघ,प्रदेश र गैर सरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यमा कार्यक्रम संचालन गरिनेछ । 
    बालविवाहको परिणामबाट जन्मिएका शिशु र आमाको स्वास्थ्य,शिक्षा  सहयोग र सिप विकास तथा स्वरोजगार सिर्जना लगायतका कार्यक्रमहरु संचालन गरिनेछ । 
    ज्येष्ठ नागरिकको दिनभरिको समयलाई सहज बनाउन नगरपालिका र सामुदायिक संयन्त्रणको सहकार्यमा दिवा सेवाकेन्द्र  संचालनलाई निरन्तरता दिइनेछ । 
    जेष्ठ नागरीक र अपांगता भएकाहरुका व्यक्तिहरुको कानुनी प्रदत्त अधिकार र सेवासुविधा प्रदान गराउन  सहजिकरण गरिनेछ । 
     ६० वर्ष पुगेका सबै ज्येष्ठ नागरिक र अपाङ्गता भएका सबै व्यक्तिहरलाई परिचयपत्र वितरण गरिनेछ । 
    अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने सहायक सामाग्री वितरणगरी पहुचयूक्त अपांग मैत्री बातावरण सृजना गरीनेछ ।
    जेखिमा परेको अशक्त, असहाय महिला, बालबालिका, ज्यष्ेठ र अपांगता भएका व्यक्तिहरुको जीवन संरक्षण र सुरक्षित गर्न संघ,प्रदेश र गैर सरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यमा नगरक्षेत्रलाई सडक मानव मुक्त बनाउन विशेष कार्यक्रम संचालन गरिनेछ । 
    संघ, प्रदेश र गैर सरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यमा  एकल, शारीरिक तथा र मानसिक रुपमा अशक्त, परित्यम, परिवार र संरक्षण नभएको जेष्ठ नागरिको निशुल्क उपचार र संरक्षणको ब्यवस्था मिलाईनेछ ।
    गैर सरकारी संघसस्था नियमन ऐन तर्जुमा गरी स्थानिय संघ संस्थाहरुलाई सुचिकरण, अनुगमन र नियमन गरिनेछ । 
    दलित, जनजाति, पछाडि पारिएका वर्गहरुका लागि समावेशी सहभागिता तथा आयआर्जनका लागि कार्यक्रम सञ्चालन गरिनेछ । 
    यौन र्दुव्यवहार, बेचविखनमा परेका बालबालिकाहरुको संरक्षण तथा विकासका लागि कार्यक्रमहरुको व्यवस्था गरिनेछ । 
    आदिवासी, जनजाती तथा दलित समुदायले पुरातनकालदेखि गर्दै आएको पेशालाई आधुनीकीकरण, व्यवसायीकरण र प्रविधि हस्तान्तरण गर्दै उद्यमशिल वनाई संरक्षण गरिनेछ । 
    सबै प्रकारका विभेद र तथाकथित छुवाछुत प्रथाको अन्तका लागि अभियान सञ्चालन गरिनेछ ।
    वालविवाहमुक्त नगरका रुपमा विकास गर्ने कार्य र अभियानलाई अगाडि वढाइनेछ । 
    तुलसीपुरलाई अपाङ्गमैत्री उपमहानगरको रुपमा विकास गरिनेछ । 

११.  सामाजिक सुरक्षा तथा पंजिकरण ः
    सामाजिक सुरक्षा  तथा पञ्जिकरण प्रणालीलाई अनलाईन प्रणालीमा व्यवस्थित गर्न तथा सबै वडाका विचहरुलाई पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धि सचेनामुलक अभिमुखीकरण गर्दै क्षमता अभिबृद्धि गरिनेछ ।
    तुलसीपुर उपमहानगरपालिको अनलाईन प्रणालीमा आधारित घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरुवात गरि  साविक गा.वि.स. तथा हालका वडा कार्यालयमा रहेका पुराना अभिलेखबाट प्रतिलिपि उपलब्ध गराउन १९ वटै वडाको सबै पुराना पञ्जिकरण अभिलेखलाई डिजिटलाइज  गरि अध्यावधिक गरिनेछ । 
    सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण तथा आधुनीकीरण गर्न सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणालीबाट वितरण गर्ने प्रणालीलाई थप व्यवस्थित गर्ने तथा सूचना व्यवस्थापन  ९ःक्ष्क्० प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रणाली व्यवस्थित गरी व्यक्तिगत घटना दर्ताका पुराना अभिलेखहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार डिजिटाइजेशन गरिनेछ ।
१२. खानेपानी 
    स्वच्छ पानी स्वस्थ जिन्दगानी लाई मुर्तरुप दिन नगरका सबै घरधुरीमा स्वच्छ पिउने पानी पु¥याउने अभियानलाई निरन्तरता दिईनेछ ।
    नगर क्षेत्रका खानेपानीका मुहानहरुको पहिचान, संरक्षण र व्यवस्थापन गरिनेछ । 
    पानी गुणस्तर मापन प्रयोगशाला निर्माण र दक्ष जनशक्तिको व्यवस्थाको प्रक्रियालाई अगाडि वढाइनेछ  ।
    तुलसीपुरका विभिन्न खानेपानी आयोजनाहरुको व्यवस्थापन र सञ्चालनको नियमन गरिनेछ । 
    खानेपानी उपभोक्ता तथा सरसफाई, समितिहरुलाई खानेपानी वितरणलाई प्रभावकारी रुपमा परिचालन गर्ने र संस्थाका दर्ता, नबिकरण, अनुगमनका लागि आवश्यक कार्य गर्ने गराइनेछ । 
१३.  फोहोरमैला तथा सरसफाई ः
    नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल साइटको व्यवस्था गरिनेछ । फोहोरलाई सेग्रिगेशन गरी दिगो आयआर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड, कार्यविधि तयार गरी निजि वा सहकारी क्षेत्रसँगको सहकार्यमा कार्य गरिनेछ ।
    नगरक्षेत्रभित्र २० माईक्रोन भन्दा कमको प्लाटिक झोला प्रयोगमा निषेध गरिनेछ ।
    नगरक्षेत्रलाई श्भचय ध्बकतभ क्थतझ को रुपमा बिकास गरिने छ  ।
    फोहर गर्ने ब्यक्तिको फोटो र भिडियो सहितको विवरण राखी  जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिनेछ । 
    टोल विकास संस्थालाई आफ्नो टोल आफै सफा राखौ अभियानमा सहभागी गराउँदै ग्रिन तुलसीपुर, क्लिन तुलसीपुरलाई नगरका सबै क्षेत्रमा विस्तार गरिनेछ । 
    बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गरिनेछ ।

१४. समाज कल्याण ः
    यस तुलसीपुर उपमहानगरपालिकामा गाभिएका पवननगर, फूलबारी, डुरुवा, मानपुर र बिजौरी गा.वि.स. क्षेत्र अन्र्तगत टोल विकास संस्था गठन तथा दर्ता हुन बाँकी रहेका वडामा टोल विकास संस्था गठन तथा दर्ता सम्पन्न गरिनेछ ।
    तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रका सबै टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता विकासको लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।
    सबै टोल विकास सँस्थाको दर्ता र नविकरणलाई अनिवार्य गरिनेछ । नियमित लेखा परिक्षण, टोल सभा र बैठक अनिवार्य गरिनेछ । बचत र सीप परिचालनमा जोड दिइनेछ । टोल विकास संस्थाको प्रभावकारी अनुगमन गरिनेछ । 

१५. बस्ती बिकास तथा अन्य पुर्बाधार ः
    तुलसीपुरको भूउपयोगको नीति निर्माण गरी कार्यान्वयन गरिनेछ । ।
    भवन संहिताको कडाईका साथ कार्यान्वयन गरिनेछ ।
    जग्गा एकिकरण गरी व्यवस्थित बसोबाससहितको स्मार्ट नगर निर्माणको प्रक्रियालाई निरन्तरता दिइनेछ ।
    सार्वजनिक जग्गाहरुको संरक्षण तथा अव्यवस्थित जग्गा प्लटिङ रोकिनेछ । कृषि र आवास क्षेत्र छुट्याएर वस्ति विकासको काम अगाडि वढाइनेछ । 
    न्यून आय भएका परिवारका लागि संघ तथा प्रदेश सरकारको सहकार्यमा जनता आवास कार्यक्रम सञ्चालन गरिनेछ ।
    नदिजन्य प्रकोप नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माण गरिनेछ ।
    प्रत्येक वडामा बहुउपयोगी हलको निर्माण गरी हाललाई क्वारेन्टीनको अभावको न्युनिकरण गरिनेछ ।
    तुलसीपुर ५ बसपार्क स्थित कित्ता नम्बर ६२,६३,६४ र ६५ का जग्गाहरुले सेतो पुर्जा प्राप्त गरिसकेको र उक्त जग्गाधनीहरुलाई रातो पुर्जाको लागि पहल गरिनेछ । 

१६. सडक तथा यातायात ः
    तुलसीपुर पूर्वाधार विकास प्राधिकरण मार्फत यो वर्ष थप १ सय किलोमिटर बाटो ग्राभेल तथा स्तरोन्नती गरिनेछ 
    सडक गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
    सडकहरुको प्राथमिकिकरण गरी आबश्यकता र प्राथमिकताका आधारमा सडकको नियमित मर्मत सम्भार गरिनेछ। 
    सडक मर्मत कोषमा बजेटको व्यवस्था गरी सडक सुरक्षामा ध्यान दिइनेछ ।
    प्राविधिकहरुको सर्भे, डिजाइन र लागत स्टिमेट अनुसार मात्र सडक निर्माण गरिनेछ । 
    सडक मर्मत सम्भार कर्ताहरुको व्यवस्था गरिनेछ ।
    सडक निर्माण गर्दा विपद् जोखिम न्यूनिकरण मापदण्डलाई ख्याल गरी बायो ईञ्जिनियरिङलाई लागत इष्टिमेटमै राखेर काम गरिनेछ ।
    सडक निर्माणपछि उपभोक्तालाई हस्तान्तरण गरी उनीहरुलाई मर्मत सम्भारप्रति पनि जिम्मेवार बनाइने छ ।
    वातावरणमैत्री सडक बनाई सडकको संरचना अनुसार दायाँ बाँया या विचमा हरियाली प्रवद्र्धन गरिने छ ।
    उपमहानगरपालिकाभित्रका सडकहरुको नक्सांकन र नम्बरिङ (मेट्रिक्स एड्रेसिङ सिष्टम) गरिनेछ ।
    नगरस्तरमा पूर्वाधार गुणस्तर मापन प्रयोगशाला स्थापना गरिनेछ ।
    शहरी आवासीय क्षेत्रमा सडक बत्तिर सिसि क्यामेरा जडान गरी उज्यालो तुलसीपुर, सुरक्षित तुलसीपुर अभियानलाई तिब्रता दिइनेछ ।
    नगर भित्रका  ग्रामिण कृषकलाई  बजारसंग प्रत्यक्ष जोड्न ग्रामिण कृषि मार्गको  ब्यवस्था गरिने छ ।
    ब्यवस्थित ट्राफिक पाकिङ्गको ब्यवस्था तथा सडकहरुमा सडक बत्तीको प्रवन्ध गरि उज्यालो शहरको रुपमा बिकास गरिनेछ । 
    निर्माण हुने सडकमा तथा सडक पूर्वाधार गुणस्तर मापन गर्नकालागि प्रभावकारी प्रयोगशाला परिक्षण र अनुगमनको व्यवस्था मिलाइनेछ ।
    सडक दुर्घटना न्युनीकररणमा आवश्यक कार्य गरिनेछ । 
    घोराही तुलसीपुरको हात्तिखौवासम्मको सडकमा नीजि साँझेदारीमा सडकवत्ति, हरियाली र सौन्दर्यको काम अगाडी वढेकोमा तत्काल सम्पन्न गरिनेछ ।  
    तुलसीपुर आधुनिक वसपार्कको स्तरबृद्धिका साथै तुलसीपुर नगर यातायात सञ्चालनलाई अगाडि वढाइनेछ । 

१७. भवन अनुमति तथा मापदण्ड कार्यान्वयन ः

    २०७४ साल भन्दा अगाडि बनेका सबै घरहरुलाई अनिवार्यरुपमा सूचिकृत गरिनेछ । सो भन्दा पछाडि  बनेका घरहरुलाई नक्सापासको मापदण्ड भित्र ल्याइनेछ । 
    नक्सापास नगरी घर बनाउने कार्यलाई निरुत्साहित गरिनेछ । नक्सापास नगर्ने घरघनीलाई उपमहानगरपालिकाबाट उपलव्ध गराउने सेवा सुविधा साथै विद्मुत पानीको सिफारिस समेत कटौति गरिनेछ । 
    नक्सा पास भएका र नभएका भवनहरुको अध्यन गरी नक्सा पाश नभएका भवनहरुलाई  नक्सा पासको दायरामा ल्याइनेछ । ‘घ’ वर्गमा पर्ने घरहरुलाई पनि न्यून शुल्कमा नक्सापाशको दायरामा ल्याइनेछ ।
    कोभिड १९ को महामारीको कारण रोजगारी गुमाएर बिदेशवाट फर्किएका इच्छुक तुलसीपुरबासीलाई रोजगारी सृजना गर्न भुकम्प प्रतिरोधि भवन निर्माणको तालिम दिईनेछ ।
    भवन नक्सा पास प्रक्रियामा विद्युतिय प्रणाली अवलम्बन गरी छिटो छरितो सेवा प्रवाह गरिनेछ । पुराना मिसिलहरुलाई विद्युतिय अभिलेखिकरण  गर्ने कार्यको सुरुवात गरिनेछ ।
    तुलसीपुर उपमहानगरपालिका भित्र निर्माण हुने भवनहरुमा भूकम्प प्रतिरोधात्मक प्रविधि अवलम्वन गरी राष्ट्रिय भवन संहिता ९ल्बतष्यलब िद्यगष्मिष्लन ऋयमभ० का आधारमा नगर भवन संहिता संशोधन गरी  प्रभावकारी कार्यान्वयन  गरीनेछ ।
    यस उपमहानगरपालिका भित्र सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्धेश्यले स्थानीय वडाको सिफारीसमा सार्वजनिक नीजि साझेदारी मोडेलबाट व्यवसायिक भवन तथा आर्थिक दृष्टिकोणले महत्वपुर्ण निर्माण कार्य अगाडि वढाइनेछ ।
    तुलसीपुर नगरक्षेत्रमा ःभतचष्अ क्तचभभत ब्ममचभककष्लन क्थकतझ लागु गरीनेछ र घर नम्बर राख्ने कार्यको थालनी गरिनेछ । 
    नगर स्तरिय बस तथा यातायात सेवा सञ्चालन सार्वजनिक, निजी र सहकारीको सहकार्यमा सञ्चालनमा ल्याइनेछ । 
    स्मार्ट सडकको अवधारणाले कार्यान्वयन गरिनेछ । 

१८.   प्रशासन तथा जनशक्ति विकास, प्रभावकारी सेवा व्यवस्थापन  र सुशासन सृदृढिकरण ः
    सार्वजनिक सेवालाई शिघ्र ,पारदर्शी, सेवाग्राहीमैत्री तथा नतिजामूलक बनाई सार्वजनिक सेवामा सबैको समान र सहज पहुंच सुनिश्चित गरिनेछ ।
    नगरपालिकाका सबै  कर्मचारीको कार्यविवरण बनाई लागु गरिनेछ । प्रमृख प्रशासकीय अधिकृत,शाखा÷महाशाखा प्रमुख र वडा सचिव लगायत सबै कर्मचारीसँग कार्यसम्पादन करार गरिनेछ र यसलाई कार्यसम्पादन मुल्यांकनको आधार बनाइनेछ । 
    उपमहानगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुको क्षमता विकास अभिवृद्धि गरी सार्वजनिक सेवाको गुणस्तरमा सुधार गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
    कार्यालयको अभिलेख व्यवस्थापनमा सुधार र सूचना प्रविधिको प्रयोगमा विस्तार गरी संस्थागत क्षमताको अभिवृद्धि गरिनेछ  ।
    तुलसीपुर उपमहानगरपालिकाको संस्थागत स्वमुल्याकंन ९ ीयअब िन्यखभचलmभलत क्ष्लकतष्तगतष्यलब िक्भाि(ब्ककभककmभलत ९ीक्ष्क्ब्० गरि समग्र क्षमता बिकास पहिचान तथा योजना तयारी गरिने । 
    नगर प्रहरीको उचित व्यवस्थापन र क्षमता विस्तार गरी राजश्व संकलन ,विकास निर्माणमा परिचालन गरिने छ ।
    उपमहानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठनलाइ छरितो बनाउन अनावश्यक दरवन्दी मात्र कायम गरिनेछ । साथै इच्छुक कर्मचारीलाई बेतलवी बिदा वा वेतलवी अध्ययन विदा प्रदान गरिनेछ ।
    नगरपालिका र सबै वडा कार्यालय तथा जनताको अत्याधिक चाप रहने संस्था तथा प्रदेश सरकारका  स्थानीय कार्यालयहरुमा नागरिक सहायता केन्द्र स्थापना गरी जनतालाई प्रभावकारी सेवा प्रदान ग
    उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी एवम् नगरबासीमा समेत जीवन व्यवस्थापन, काम तथा जीवन बीचको सन्तुलन एवम् सदाचारयुक्त स्वस्थ्य जीवनयापनलाई लक्षित गरी योग एवं ध्यान साधनाका कोर्श र सकारात्मक सोच सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
    उपमहानगरमा सुशासन, पारदर्शिता, जवाफदेहिता अभिवृद्धिका लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सामाजिक लेखापरीक्षण, लैङ्गिक लेखाजोखा तथा  तेश्रो पक्षको मूल्याङकन लगायतका विधिको अवलम्वन गरी सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखी स्थानीय सरकारका क्रियाकलापहरु पारदर्शी बनाउन  सुशासन रणनीति कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइनेछ । नागरिक निगरानी समुह गठन गरी खुल्ला सरकार रणनीति तथा कार्यक्रम लागु गरिनेछ । 
    उपमहानगरपालिका कार्यालय परिसर तथा वडा कार्यालयहरुमा आगन्तुक तथा सेवाग्राहीका लागि सूचना तथा ज्ञान आदान प्रदान गर्न रिडिङ कर्नर तथा पर्यटकीय सूचना डेस्क स्थापना गर्ने पहल गरिनेछ ।
     तुलसीपुर उपमहानगरपालिका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान गर्न तुलसीपुर ऋष्तथ ःभमब ितथा विभुषण प्रदान गर्न आवश्यक कार्यविधि बनाइनेछ ।
    नगर मातहतका कर्मचारीको सरुवा बढुवालाई व्यवस्थित गर्न आवश्यक ऐन र कार्यविधि तयार पारी कार्यान्वयन गरिनेछ । दुई वर्ष एकै स्थानमा सेवा गरेकालाई नयाँ स्थानमा सरुवा वा पदस्थापन गरिनेछ । 
     उपमहानगरपालिकाको सेवा प्रवाहमा ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्तलाई प्राथमिकता दिइनेछ ।
    स्थानीय तहका कर्मचारीहरुको वढुवा तथा वृद्धि विकास गरिनेछ । 
    तुलसीपुर उपमहानगरपालिकाको आफ्नै लोगो (परिचय चिन्ह) बनाई, प्रयोगमा ल्याइनेछ । 
     यस उपमहानगरपालिकाको कर्मचारी प्रशासनलाई चुस्त वनाउनका लागि कर्मचारी संगठन संरचना (ओएनएम) वनाइ लागु गरिनेछ ।
    यस आर्थिक वर्षमा जनप्रतिनिधिको चाडपर्व सुविधा, बैठक भत्ता कटाती गरी मितव्ययीढँगले आर्थिक स्रोत परिचालन गरिनेछ । 

१९. आर्थिक तथा स्वच्छ कर प्रशासन ः
    उप महानगरपालिका अन्तरगत शिक्षक तथा कर्मचारीहरुको तलब भुक्तानी गर्ने ब्यवस्थाका लागि सफ्टवेर प्रणाली प्रयोगमा ल्याइने नीति ल्याइनेछ । 
    १९ वटै वडाहरुमा लेखा प्रणालीलाइ पारदर्शी र सुशासन मैत्री वनाइने छ । वडा प्रमुख र लेखामा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गरीने छ ।
    वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानीका लागि आवश्यक समन्वय कायम गर्ने ब्यवस्था गरीने छ 
    उपभोक्ता समिति मार्फत  सम्पन्न भै भुक्तानी हुने आयोजना र कार्यक्रमहरुमा अन्तिम लेखा परिक्षण भई फरफारक भएमा उपभोक्ता समितिलाई फिर्ता गर्ने गरी ५ प्रतिशत धरौटी कट्टि गरी भुक्तानी गरिनेछ ।
    आयोजनाहरुलाई दीगो बनाई सूचारु राख्न मर्मत सम्भारका लागि भुक्तानीमा २ प्रतिशत कट्टि गरी मर्मत सम्भार कोषको स्थापना गरिनेछ ।
    आर्थिक अनुशासनलाई सुदृढ बनाई सुशासनको आयामलाई प्रभावकारी बनाउन वडा कार्यालयहरुबाट गरिनु पर्ने मासिक प्रतिवेदनको कार्यलाई भुक्तानी आदेशबाट गरिने निकाशा प्रकृया संग आवद्ध गरी अनिवार्य गरिनेछ साथै योजना हस्तान्तरणको विवरण प्राप्त नभै योजनाको भुक्तानी नगरिने नीति अवलम्बन गरिने छ ।
    नगद भुक्तानी शुन्य गर्नका लागि बैङ्ग तथा अनलाईन प्रणालीबाट कारोबार गरीनेछ । यसै आर्थिक वर्षबाट तुलसीपुर उपमहानगरपालिकामा बैंकको शाखा सञ्चालन गरी नगद कारोबार शुन्य पारिनेछ । 
    ढुङ्गा, बालुवा, गिट्टी र प्राकृतिक स्रोत कानुन बमोजिम संकलन गर्ने यान्त्रीक साधनमा अनिवार्य रुपमा अनलाइन ट्रयाकिङ्ग प्रविधि जडान गरी अनुगमन गरिनेछ । 
    कोरोना संक्रमणका कारणले उद्यागे व्यापार व्यवसायमा ज्यादै कठिन परिस्थिति सिर्जना गरेको छ । उपमहानगरको संरचनामा रहेका घरहरुको भाडालाई लकाउन अवधिभरमा छुट गर्ने, घर बहाल तथा व्यवसाय करमा १० प्रतिशत छुट दिने, उद्योग, व्यापार र व्यवसायलाई कोरोना संक्रमणले परेको महासंकटबाट  केही राहत होस् भन्ने सम्पूर्ण घर धनीहरुलाई कम्तिमा १ महिनाको भाडामा छुट दिन अनुरोध छ । 

२०. आन्तरिक लेखापरीक्षण शाखा ः 
    आन्तरिक लेखापरिक्षण  त्रुटीहरु सच्याउने, श्रेष्ताहरु चुुस्त दुरुस्त बनाइ अन्तिम लेखापरिक्षणलाई सहयोग पुर्याउने र आन्तरिक नियन्त्रण प्रणालीलाई समेत प्रभावकारी बनाउने सहयोगी औजारको रुपमा रहेको हुँदा यस कार्यलाइ प्रभावकारी वनाउन नियमितता,मितब्ययित,प्रभावकारीता कार्यदक्षताका आधारमा लेखापरिण गर्ने नीति अवलम्बन गरिने छ । आयोजनाको भुक्तानी नागकिर निगरानी समुहको सिफारिसमा गरिनेछ । 
    मासिक रुपमा आन्तरिक लेखापरिक्षण गर्ने तथा सोको  त्रैमासिक रुपमा प्रतिवेदन तयार गरि नगरकार्यपालिका र वडाकार्यालयहरुमा प्रस्तुत गर्ने नीति अवलम्बन गरिनेछ ।
    आन्तरिक लेखापरिक्षण गर्दा देखिएका त्रुटीहरु औल्याइएका वेरुजुहरु समयमै सच्याईएको वा फरफारक गरे नगरेको बारे अनुगमन गरी सो को प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत मार्फत कार्यपालिका समक्ष पेश गर्ने नीति अवलम्बन गरिनेछ ।
    आन्तरिक लेखापरिक्षणबाट औल्याईएको वेरुजुको लगत कायम गरी वेरुजु सम्परिक्षणका लागि प्रमाण पेश भै आएमा सम्परिक्षण गरी लगत कट्टी गरी फछ्यौट गर्ने नीति अवलम्बन गरिनेछ ।
    आन्तरिक लेखापरिक्षणको कार्यलाइ नीतिगत  र ऐन कानुन संगत बनाउन आन्तरिक लेखापरिक्षण निर्देशीका तयार गरी सो र अन्य तोकिएका ऐन कानुनको आधारमा आन्तरिक लेखपरिक्षण गरि लेखापरिक्षण कार्यलाइ प्रभावकारी बनाइनेछ ।
    आन्तरिक लेखापरिक्षबाट असुल उपर गर्ने गराउने भनि कायम भएको वेरुजु असुल उपरका लागि आवश्यक प्रक्रिया तदारुकताका साथ अगाडि बढाउने र नियम संगत नभएका वेरुजुहरुबारे प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका समक्ष सुझाब पेश गर्ने नीति अवलम्बन गरिनेछ ।

  
२१.  योजना निर्माण कार्यान्वयन तथा दिगो व्यवस्थापन

    नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारका आवधिक तथा गुरुयोजना र विगतमा लिएका नीतिहरुलाई निरन्तरता दिदै जन सहभागितामा योजना तर्जुमा र कार्यान्वयन गरीने छ । यस आर्थिक वर्षको योजना विशेष गरी कोरनाबाट जीवन बचाउन र स्वास्थ्य सेवा प्रवद्र्धन, कृषि तथा पशु सेवा विकास र लक्षित समुदायको आर्थिक विकास, विपद् व्यवस्थापन, शिक्षा विकास, ठूला पूर्वाधार विकास तथा साना योजना मर्मत सम्भार गर्ने गरी वार्षिक योजना तथा कार्यक्रम निर्माण गरिनेछ । यस अनुसार नगर र वडा स्तरमा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । 
    उपभोक्ता समितिले आयोजना सञ्चालन गर्दा अनिवार्य रुपमा विकास निर्माण दिगोपन, पारदर्शि, चुस्त दुरुस्त रुपमा सम्पन्न गर्छु भनी कबुलियत नामा र सपथ लिनुपर्ने छ । आयोजनाको सम्पूर्ण विवरण सुचना पाटीमा सम्बन्धित स्थानमा टाँसेको हुनुपर्ने र निर्माण गरेको संरचना ३ वर्ष भित्र भत्केमा त्यसको दिगोपनका लागि रेखदेख र मर्मत सम्भारको जिम्मेवारी स्वयम् उपभोक्ता समिति, टोल विकास संस्थाले लिनुपर्ने ब्यवस्था मिलाईने छ ।
    नगरमा नगर स्तरिय गौरवका योजना र हरेक वडामा कम्तीमा एक वटा वडाध्यक्ष गौरवको योजना छनौट गरि सञ्चालन गरिनेछ ।
    आयोजना छनौट गर्दा टुक्रे तथा साना योजना लाई निरुत्साहित गरि ठुला तथा दिर्घकालीन योजनालाई छनौटमा प्राथमीकता दिईने छ ।
    स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७४ (परिमार्जित २०७५) अनुसार योजनाको उपभोक्ता समिति गठन फाल्गुण मसान्त, योजनाको सम्झौता वैशाख मसान्त र योजना जाचपास फरफारक र भुक्तानीका लागि जेष्ठ मसान्तसम्मलाई अन्तिम समय तोकि कार्य गरिनेछ । 
    खुला स्थानीय सरकारको नीति बमोजिम प्रत्येक योजनाको सुक्ष्म निगरानी गर्न नागरिक निगरानी समुह निर्माण एवम् परिचालनमा जोड दिइनेछ ।
    तुलसीपुर विकास प्राधिकरणबाट सञ्चालित सडक पुर्वाधारको कामलाई प्रभावकारी वनाउने परियोजना क्रसर स्थापना गरी सञ्चालनमभा ल्याइनेछ । विकास प्राधिकरणलाई आवश्यक स्रोत, साधनको व्यवस्था मिलाइनेछ । 
    मर्मत संभार कोषबाट आयोजना योजनाको  रकम खर्च गर्नका लागि नगर आयोजना योजना मर्मत संचार गर्न मर्मत संभार निर्देशिका तयार गरी लागु गरिनेछ ।
    उपमहानगरपालिकाबाट सञ्चालन हुने सबै योजनाको (योजना किताव) बनाई लगत स्टिमेट, डिजाईन योजनाबाट हुने लाभ लगायतका सबै कुराहरुलाई समावेश गरि योजना लगत किताब तयार गरिनेछ ।
    संघीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकायबाट साझेदारीमा सञ्चालन गरिने योजना लाई प्राथमीकता दिई साझेदारीको लागि बजेट विनियोजनको व्यवस्था मिलाईने छ ।
    ‘जनताको विकास जनताको साथ’ भन्ने मुल नाराका साथ विकासमा जनताको जनसहभागिता वृद्धि गर्दै योजनाको ५० प्रतिशतसम्म अधिकतम नगद लागत सहभागिता जुटेका योजनाहरुलाई नगद सहभागिता जुटेको १५ दिन भित्रै पहिलो प्राथमीकतामा योजना सञ्चालन प्रक्रियामा लगिनेछ ।
    नगर सभाबाट स्विकृत भई रातो कितावमा प्रकासित भएका आयोजना तथा कार्यक्रमहरुलाई सञ्चालन, रकमान्तर र शिर्षकान्तर गर्ने परम्परालाई न्यून गर्दै अन्त्य गरिनेछ  ।
    योजना सञ्चालन गर्दा उपभोक्ता समिति, टोल विकास संस्थाका पदाधिकारी लाई आयोजना तथा कार्यक्रमको उपभोक्ता समिति गठन, योजना सम्झौता, भुक्तानी प्रकृया, लेखा व्यवस्थापन, योजनाको रेखदेख, मर्मत सम्भारको बारेमा जानकारी दिनको लागि कार्यालयबाट अभिमुखीकरण को व्यवस्था मिलाईने छ ।
    उपमहानगरपालिका भित्र सञ्चालन हुने योजनाको मर्मत सम्भार कोषको व्यवस्था गर्नका लागि सञ्चालन भएका योजनाबाट योजनागत वजेटको १ प्रतिशत मर्मत सम्हारको लागि रकम कट्टा गरी मर्मत सम्हार कोष स्थापना गरिनेछ । सो कोषबाट सम्पन्न भएका योजनाको आवश्यकता अनुसार मर्मत गरिनेछ । 
    ठेक्का पट्टाबाट सञ्चालन गर्ने आयोजनाको हकमा प्रचलित कानुन अनुसार गरिनेछ ठेक्का पट्टा फागुन मसान्तभित्र नै सम्पन्न गरिनेछ । 

२२.  आन्तरिक व्यवस्थापन तथा खरिद एकाई व्यवस्थापन ः
    सार्वजनिक  सेवा प्रवाह र अभिलेख ब्यवस्थापनको कार्यलाइ चुस्तदुरुस्त गर्ने गराउने कार्यका लागि सार्वजनिक खरिद ऐनको अधिनमा रही उपमहानगरपालिका सार्वजनिक खरिद नियमावली तयारी गरिने छ ।. 
    उपमहानगरपालिकाको आन्तरिक श्रोत,संघिय सरकार, प्रदेश सरकार, संघ संस्था वा व्यक्ति बाट प्राप्त भै उपमहानगरपालिकाको  स्वामित्वमा रहेका भवन, जग्गा, उद्यान बसपार्क आदि संरचना एवम् सम्पत्तिको यर्थात अभिलेख तयार गरी सम्पत्ति व्यवस्थापनको कार्यलाइ प्रभावकारी बनाइने छ ।
    उपमहानगरपालिका कार्यालय र विभिन्न वडाहरुलाई स्रोत र साधनले सम्पन्न वनाइनेछ ।  
    यस उपमहानगरपालिकामा गाभिएर आएका गा.वि.स. को सम्पत्ति र यस उपमहानगरपालिकाबाट खरिद भइ हाल वडा कार्यालयहरुमा गएका खप्ने सामाग्रीहरुको विवरण तयार गरी सम्बन्धित वडाहरुमा हस्तान्तरण गरिने नीति अवलम्बन गरिनेछ ।  
    आर्थिक बर्षको सुरु दुइ महिना भित्र उपमहानगरपालिकाका लागि बर्ष भरका लागि आवश्यक फर्निचर फिक्चर्स,मेशीनरी औजार र अन्य कार्यालय सामाग्रीहरुको आवश्यकता पहिचान गरी चौमासिक र बाषिक खरिद योजना तयार गरी सोहि अनुसार खरिद प्रक्रियाको कार्यलाइ अगाडि बढाइने र खरिद कार्य दरभाउ पत्र र वोलपत्र मार्फत गरीने नीति अवलम्बन गरीने छ ।
    यस उपमहानगरपालिकाबाट तयार गरिएका वा अन्य क्षेत्रबाट प्राप्त महत्वपुर्ण परामर्स सेवाको प्रतिवेदन, म्एच् प्रतिवेदन तथा विभिन्न दस्तावेज लगायतलाई लगायतलाई सम्पत्तिको रुपमा सम्वद्र्धन संरक्षण गरिने छ ।
२३.  कानूनी मामिला र न्याय सम्पादन
    अद्यावधिक  मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धि गरी स्थानिय मुद्दाहरुलाई छलफल, आपसी समझदारी, वार्ता आदि तवरले मेलमिलापको विधिबाट विवाद निरुपण गरिनेछ । स्थानीयस्तरको न्याय सम्पादनलाई मेलमिलाप अदालत मार्फत छिटो छरितो र प्रभावकारी बनाइनेछ ।
    महिला बालबालिका तथा सामाजिक विकास शाखासँग समन्वय गरी उप–मेयर लैंगिक हिंसा सुरक्षा कार्यक्रम संचालन  गरिनेछ ।  
    म्याद तामेलदारलाई घटाघटी प्रस्तावको आधारमा दर्ता गरी प्रभावकारी रुपमा परिचालन गरिने छ ।  
    न्यायिक समितिमा विवाद दर्ता गराएका हिंसापिडितलाई मानसिक स्वास्थ्य समस्या घटाउन ९एकजथअयकयअष्ब िऋयलअभििष्लन० प्रदान गरिने छ ।
    क्षमता अभिवृद्धि तालिम सञ्चालन गरि न्यायिक समितिको कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लगिनेछ ।
    न्यायमा स्थानीय नागरिकका पहुँच स्थापित गरी जनचेतना अभिवृद्धि गर्न न्यायिक समिति अन्तर्गत कानूनी पुस्तक अध्ययन केन्द्र स्थापना गरिनेछ ।

२४.  भूमी व्यवस्थापन ः
    नगर भित्र रहेका वास्तविक सुकुम्बासीको पहिचान एवम व्यावस्थापन गरि गैर सुकुम्बासीबाट अतिक्रमण गरिएको सार्वजनिक जग्गा व्यवस्थापन गरिनेछ । साथै वास्तविक सुकुम्बासीलाई दिर्घकालिन व्यवस्थापन गर्ने जिविकोपार्जन कार्यक्रम संञ्चालनगर्न समन्वयात्मक ढगंले काम गरिनेछ । भूमिहिन र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रिया अगाडि वढाइनेछ । 
    भूमिको समुचित उपयोग र व्यवस्थापन गर्न दीर्घकालिन भूउपयोग  नीति  तयार गरी सोही  आधारमा तुलसीपुरको   योजना तर्जुमा गरी  कार्यान्वयनमा ल्याईनेछ । 
    सरकारी,सार्वर्जािनक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
    भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनका साथै राजश्व वृद्धिमा टेवा पुर्याउने कार्यक्रम ल्याइनेछ ।
    साविकमा तुलसीपुर नगरपालिकाले विक्री वितरण गरेका वसपार्कका घडेरीको समस्या समाधान गरिनेछ । 

२५. राजश्व परिचालनः
    आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, कानुन बमोजिम तोकिएका कर राजश्व रोयल्टि, बिक्रि तथा निकासी र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ । 
    करदाता विवरण डिजिटल प्रणालीमा आवद्ध गरी प्रत्येक करदातालाई त्गकिष्उगच क्mबचत त्बह उबथभच ऋबचम को प्रयोग गर्ने प्रणालीको विकास गरिनेछ ।
    कोभिड १९ को महामारीमा नगरपालिकाको विपद् कोषमा सहयोग गर्ने करदातालाई १० प्रतिशत कर छुटको व्यवस्था गरिनेछ । 
    उपमहानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, बहाल कर, ब्यवसाय कर र विज्ञापन कर तथा अन्य करलाई एकीकृत रुपमा आबद्ध गरिनेछ ।
    पर्यटन व्यवसाय, कृषि व्यवसाय तथा कृषिसंग सम्बन्धीत कार्य गर्ने व्यक्ति, समुह तथा सहकारी संस्थाहरु साथै पिछडिएको बर्ग, क्षेत्र, लिङ्ग, समुदाय र फरक क्षमता भएका मानिसहरुको सिफारिश शुल्क, दर्ता शुल्क तथा नवीकरण शुल्कमा केहि छुट गर्ने व्यवस्था मिलाईनेछ ।
    तुलनात्मक लाभका क्षेत्रमा सञ्चालित रोजगारी मुलक उद्योगलाई पहिलो ३ वर्षको करमा र विशेष क्षेत्र तोकि उद्योग व्यवसायदर्ता तथा संचालन शुल्कमा ५० प्रतिशत मात्र गर्ने र उक्त स्थानमा पुग्नका लागि आवश्यक पुर्वाधार विकास गरिनेछ ।
    विषादि रासायनिक पदार्थको कारोबार, क्रसर उद्योग, ईट्टा उद्योग, सुर्तिजन्यपदार्थ, मदिराजन्यपदार्थ, प्लाष्टिकजन्य कारोबार गर्ने व्यवसायमा थप शुल्क लगाउने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
    अस्थायी प्रकृतिका हाटवजार, चोक, चोकमा ठेलामा गरिने फुटपाथ ब्यवसाय, मुख्यवजार क्षेत्र भित्रका सडक किनारमा गरिने पार्किङ्ग व्यवस्थापनमा निजी क्षेत्र स्थानीय क्लव, संघ संस्थाको सहकार्यमा वडातहबाटै शुल्क संकलन र ब्यवस्थापन गरिनेछ ।
    करहरुलाई पारदर्शी र प्रभावकारी वनाउन आवश्यकता अनुसार कार्यविधि निर्देशिका वनाई व्यवस्थित गरिनेछ । कानूनबमोजिम गठित कम्पनी, उद्योग प्रतिष्ठान वा औद्योगिक संस्थाहरुसंग कानून बमोजिमको कर र बक्यौता असुलीलाई प्रभावकारी बनाईनेछ ।
    आफ्नो वा संगोल परिवार (एकाघरका सदस्य) ले र उपभोक्ता समितिका पदाधिकारीले तुलसीपुर उपमहानगरपालिकालाई भुक्तान गर्नु पर्ने कर शुल्क, दस्तुर समयमा भुक्तान नगरी बक्यौता कायम राख्ने करदातालाई तुलसीपुर उपमहानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सिफारिस सेवा सुविधा रोक्का गरिने व्यवस्था तथा कर शुल्क तिर्न प्रोत्साहित गरिनेछ । उपभोक्ता समिति वा ठेक्कापट्टामा संलग्न हुन करचुक्ता अनिवार्य गरिनेछ । 
     वित्तीय श्रोत परिचालन र व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको सहभागिता र सहकार्यलाई बढाउदैं लगिनेछ । सम्पूर्ण करदातालाई स्वःस्फुर्त रुपमा करको दायरामाल्याई आफूले तिरेको करको उचितउपयोग भएको छ भन्ने अनुभूति दिलाउन प्रगती विवरण प्रकाशन गरिनेछ । नियमित र बढी कर तिर्ने करदातालाई सम्मान गर्ने परम्परालाई अझ व्यवस्थित ढंगले अगाडि बढाईने नीतिलाई निरन्तरता दिइनेछ ।
    तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा भोगाधिकार रहेको र उपमहानगरपालिकाले संरक्षण र परिचालन गर्नसक्ने भवन जग्गा जमिन, बसपार्क, हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ । यस्ताश्रोतको परिचालन गर्दा प्रतिस्पर्धात्मक पद्धतिको अवलम्बन गर्न जोड दिइनेछ ।
    श्रोत परिचालनमा निजी क्षेत्रको सहभागितालाई प्रबद्र्धन गर्न एएए अवधारणामा आधारित कार्यक्रममा प्रतिस्पर्धात्मक पद्धतिका अतिरिक्त प्रस्तावका आधारमा ल्भनयतष्बतष्यल पद्धतिलाई समेत थप प्रभावकारी रुपमा व्यवस्था मिलाउने ।
    सम्पत्तिकर असुल प्रयोजनका लागि एक घर हुने, दुई घर हुने एवं क्रमले थप घर हुनेलाई प्रगतिशिल करको रुपमा मुल्यांकनको दर बृद्धि गरि असुल गर्ने व्यवथा मिलाईनेछ ।
    उपमहानगरपालिका क्षेत्र भित्ररहेका सर्वाजनिक जग्गाहरु तथा सरकारी निकायको जग्गामा आर्थिक विकास प्रयोजन रुपमा प्रयोग गर्ने व्यवस्था मिलाईनेछ ।
    एैलानी जग्गाभोग चलन गरि रहेका व्यक्तिहरुलाई  सार्वजनिक जग्गा तथा पूर्वाधार उपयोग सेवा शुल्कसम्झौता गरिने नीतिलिई संरचनाहरुमा उपभोग शुल्क उठाईने व्यवस्था गरिनेछ ।
    दीगो र वातावरणीय संरक्षणका हिसाबले ढुंगा, गिट्टि, बालुवा माटो ग्रावेल आदि उत्खनन तथा निकासीका लागि क्षेत्र विस्तार गर्न क्ष्भ्भ् का लागि थप क्षेत्र पहिचान र म्याद सिद्घिनलागेका क्षेत्रको समेत आवश्यक  स्थानहरुबाट  क्ष्भ्भ् गरिनेछ ।
    उप महानगरपालिकाभित्र विभिन्न नदीहरुबाट लगायत अन्य स्थानमाहुने नदीजन्य पदार्थको अवैध रुपमाहुने उत्खनन तथा ढुवानीलाई अनुगमन तथा नियन्त्रणलाई प्रविधियुक्त माध्यमद्वारा गरिनेछ ।
    ढुंगा, गिटी, बालुवाबाट प्रभावित क्षेत्रमा प्राप्त राजस्वको १० प्रतिशत रकम सोही क्षेत्रको विकासमा परिचालन गर्ने नीति अबलम्बन गरिनेछ ।
    विश्वमहामारीको रुपमा रहेको कोविड १९ ले पारेको प्रभावले बेराजगार, आर्थिक मन्दी हुने भएकोले कृषिक्षेत्र तथा रोजगारी कार्य विकास गर्न कर छुटको सुविधालाई लागु गरिनेछ ।
२६.  सूूचना तथा संचार प्रविधि र डिजिटल तुलसीपुर 
    बिभिन्न नीति, योजना तथा कार्यक्रम आदिको निर्माण तथा विश्लेषणको लागी आवश्यक तथ्यांक संकलनको लागि गणना तथा सर्वेक्षणको कार्यक्रमलाई प्राथमिकता दिईनेछ । 
    सबै शाखा महाशाखा र वडाहरुसँग निरन्तर समन्वय र सहकार्य गरिने छ साथै शाखा महाशाखा र वडाहरुको कार्यप्रगतिको चौमासिक तथा  वार्षिक उपलब्धीको सूूचना संकलन , विश्लेषण आदि कार्यहरु प्रभावकारी रुपमा गरिनेछ ।
    “सूूचना तथा संचार, दिगो विकासको आधार” नीति लाई प्राथमिकता दिईनेछ । टेलिफोन, इन्टरनेट आदिको पहुुँचलाई अभिवृद्घि गरिने छ साथै सूूचनाको हक सम्बन्धि कानुुनलाई व्यवहारमा कार्यान्वयन गरिने छ । नगरपालिकाबाट भएको रु. ५,०००। भन्दा बढीको भुक्तानीलाई वेवसाइट मार्फत सार्वजनिक गरिनेछ ।
    रेडियो कार्यक्रम निर्माणलाई निरन्तरताका साथै तुलसीपुर उपमहानगरपालिकाको मासिक बुलेटिन प्रकाशन गरिनेछ । 
    सञ्चार माध्यमलाई दिदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइनेछ । 
    तुलसीपुर उपमहानगरपालिकाको सामाजिक संजाल नीति निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
     सूूचना लिने र दिने कुुरामा व्यक्ति, संस्था तथा निकाय आदिलाई सचेत र जागरुक बनाउने खालका कार्यक्रम अगाडी बढाईने छ साथै खोज पत्रकारीता सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिईने छ ।
     सबै वडा र नगरपालिका भित्र ईन्टरनेटको प्रवाह चुुस्त बनाईने छ ।
    जनताको गुुनासो सुुन्न र जनतासँग मेयरलाई प्रत्यक्ष जोड्नको लागि हेलो मेयर, टोल फ्रि हटलाईन, गुुनासो सुुन्ने र समाधान गर्ने कार्यक्रम आदि लाई निरन्तरता दिईने छ ।
    तुलसीपुरको समग्र अबस्था झल्किने गरि बजारको मुख्य भागमा  म्बकज द्ययबचम राखिनेछ । 
    हरेक ३ महिनामा उपमहानगरपालिकाको कार्य प्रगतिका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइनेछ ।
    डिजिटल तुलसीपुरको रणनीति निर्माण गर्ने कार्य गरिनेछ । 
    तुलसीपुर उपमहानगरपालिकाबाट प्रकाशित र प्रसारित गरिने सूचना एवम् विज्ञापनलाई एकद्धार प्रणालीबाट व्यवस्थित ढँगले सञ्चालन गरिनेछ ।  

२७.  उपभोक्ता हित संरक्षण ः
    उपभोक्ता अधिकारको सुनिश्चितता गर्न स्वच्छ, प्रतिष्पर्धि र स्वस्थ बजारको निर्माण तथा प्रबद्र्धन गरिनेछ ।
    तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता संरक्षण ऐन तथा आवश्यक कार्यविधि, निर्देशिका बनाई उपभोक्ताको संवैधानिक अधिकारको रक्षा गरिनेछ ।
    नगरक्षेत्रभित्र हुने कालोबजारी, कार्टेलिङ, कृतिम अभाव, सिण्डिकेटलाई निरुत्साहित गरिनेछ ।
    स्थानीय बजारमा रहेका खाद्यबस्तु, तरकारी, फलफूल, खानेपानी तथा कोल्ड ड्रिक्स आदिको गुणस्तर तथा विषादीको परीक्षण गरी मानव स्वास्थ्यको रक्षा गर्न गुणस्तरहीन बस्तुको उत्पादनलाई निरुत्साहित गरनेछ ।
    उत्पादन र सेवा क्षेत्रमा कार्यरत जनशक्तिमा क्षमता अभिबृद्दि गरी स्वच्छ उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
    आम संचार माध्यम  (ब्रसर, जिङ्गल, पत्रपत्रिका तथा होडिङ बोर्ड आदि) का माध्यमबाट उपभोक्तालाई उपभोग्य बस्तु तथा सेवा माथि कानुनले निर्दिष्ट गरेको हक अधिकारका बारेमा सुसुचित गराईनेछ ।
    प्लाष्टिकजन्य पदार्थलाई निरुत्साहित गर्नका लागि तुलसीपुरलाई प्लाष्टिकमुक्त क्षेत्रको रुपमा गरिएको घोषणालाई कार्यान्वयनमा ल्याइनेछ । 
    अखाद्य वस्तु लगायत दैनिक उपभोगमा आउने वस्तुको गुणस्तर परिक्षण गर्नका लागि प्रयोगशाला स्थापित गरिनेछ । 

२८.  यान्त्रिक व्यवस्थापन ः
    उप महानगरपालिका अन्तर्गतका सवारी साधनहरुको मर्मत सम्भारका लागि आफ्नै वर्कसपको स्थापना गर्ने गरी एक जना मेकानिकल सब ईन्जिनियर पद श्रृजना गरी कार्य प्रक्रिया अगाडि बढाईने छ ।
    निर्माणमा खटिने यान्त्रीक साधनहरुको चूस्त ब्यवस्थापन गरी सबै बिकास निर्माणमा पहुच पु¥याईने छ ।
    ईन्धनको  आपुर्ति कार्यको उचित ब्यवस्थापनको लागि उप महानगरपालिको आफ्नै पेट्रोल पम्प स्थापनागरी संचालनमा ल्याइने नीति अवलम्बन गरिनेछ ।
    आवश्यकता पहिचान गरि सवारी साधनहरु खरिद गर्ने वा भाडामा लिइ सेवा प्रवाहको कार्यलाइ सहज र प्रभावकारी वनाइने छ । 

२९. भू उपयोग र नाप नक्शा व्यवस्थापनः
    तुलसीपुरको भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
    सरकारी सार्बजनिक जग्गाको संरक्षणका लागि यस पालिका भित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
    भूमि करलाइ वैज्ञानिक र प्रभावकारी बनाउनका साथै राजश्व वृद्धिमा टेवा पुर्याउन बाटोको लगत कट्टा कार्यक्रम ल्याइनेछ ।
    मालपोत तथा नापी कार्यालयलाई आन्तरिकीकरण गरी सञ्चालनमा ल्याइनेछ । 
    नक्सा पास गरेर मात्रै घर वनाउने कार्यलाई प्रोत्साहित गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । 

३०. वन तथा वातावरण ः
    वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय कानून परिमार्जन र थप निर्माण गरिनेछ । 
    सामुदायिक वन उपभोक्ता समुह र पारिवारीक निजी वन मार्फत हरित उद्दम स्थापना गरी स्थानीय जनता र यूवाहरुलाइ उत्पादनसंग जोडेर रोजगारी सृजना गरिनेछ । यसका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र पारिवारीक निजी वनसँग संस्थागत सहकार्य गरिनेछ । 
    जलवायू परिवर्तन र विपत व्यवस्थापनको योजना वनाइ समुदाय मार्फत कार्यान्वयन गर्ने ।
    नगरलाई हरियाली, वातावरणमैत्री र स्वच्छ वनाउनका लागि वर्षदिन भरिमा १ लाख विरुवा वृक्षारोपण गरिनेछ 
    संस्थागत तथा व्यक्तिगत तवरबाट वन तथा वन्यजन्तु विनास गर्ने, अतिक्रमण, चोरी निकासी, वन डढेलो, वन क्षेत्रको भौतिक संरक्षण विगार्ने, मास्ने र अनाधिकृत वन क्षेत्रको प्रयोग गर्ने, प्राकृतिक श्रोत साधनको दोहन गर्ने व्यक्ति तथा समुदायको पहिचान गरी कानूनी दायराभित्र ल्याइनेछ ।
    नगरक्षेत्रभित्र रहेका सामुदायिक तथा पारिवारीक निजी वनको दर्ता एंव अभिलेखीकरण, विकास, संरक्षण, प्रवद्र्धन, अनुगमन र नियमन गरिनेछ ।
    तुलसीपुर भित्र रहेका सार्वजनिक तथा नदी उकास क्षेत्र वृक्षारोपण गरी त्यस क्षेत्रको संरक्षण व्यवस्थापनको लागि सामुदायिक वन वनाइ समुदायलाइ हस्तान्तरण गर्ने ।
    वैदेशीक रोजगारीबाट फर्केका वा स्वदेशमा नै रहेका व्यक्तिहरुलाइ वन र कृषिमा आधारीत  उत्पादनसंग जोडी रोजगारी सृजना गर्न उपमहानगरपालिकामा परामर्श डेक्स राख्ने ।
    सडक, नहर र बाटो किनारामा वृक्षारोपन तथा लगाइएका बाटोमा छहारी पर्ने रुखहरु र चौतारा, धार्मिक स्थल वा अन्य यस्तैठाउँमा लगाइएका रुखहरु संरक्षण गरिनेछ ।
    एक व्यक्ति एक रुख अभियानलाई अगाडी वढाउन जन्मदिनमा रुख लगाउने बानीको विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । 
    जनताको वन, जनताकै धन भन्ने नारालाई मध्यनजर गर्न कृषि वन प्रणाली मार्फत सामुदायिक र पारिवारिक निजी वनलाई दिगो व्यवस्थापन गरेर जीविकोपार्जनका साथै हरित रोजगारीको सृजना गर्ने खालका कार्यक्रमहरु सञ्चालन कार्यलाई निरन्तरता दिइनेछ ।
    वनको दीगो व्यवस्थापन र हरियाली उद्यम विकासमा जोड दिइनेछ । 


३१.   बिपद ब्यवस्थापन ः
    बिपद ब्यवस्थापनका लागि चरण बद्ध योजना निर्माण गरी व्यवस्थापनको कार्यलाई अगाडि बढाईने नीति अवलम्बन गरिने छ ।
    बिपद पूर्ब तयारी खोज तथा उद्धार,राहत सामग्रीको पूर्ब भण्डारण,बितरण र समन्वयलाई प्रभाबकारी बनाईनेछ ।
    विपद व्यवस्थापन कोषलाई प्रभावकारी ढँगले अगाडि वढाइनेछ ।     
    बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापनमा सार्बजनिक,निजि,गैरसरकारी,सहकारी संघसंस्थाहरु र समुदाय बीच साझेदारी र सहकार्य प्रवद्र्धन गरिनेछ ।
    .बिपद पश्चातको पुननिर्माण र पुनस्थापनाको कार्य सुदृढ र सवल बनाउन वडागत रुपमा विपत जोखिम नक्साङ्कन गरि विपत जोखिम न्यूनिकरण योजना बनाई कार्यान्वयनमा ल्याइने छ ।
    .बिपद जोखिम न्युनिकरणका लागि विपत पूर्ब सूचना प्रणाली (मनसुन पूर्व सूचना प्रणाली )  सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयनका लागि संघ,प्रदेश तथा अन्य सहयोगी संस्थाहरु संग समन्वय गरिनेछ । 
    विपद तथा जोखिमा परेका महिला ,वालवालिका , ,अपाङग  तथा अशक्त  जेष्ठ नागरिकलाई खोज तथा उद्धार,राहत सामग्रीको वितरणमा प्रथमिकता दिईने छ ।   
    विपद् प्रतिकार्य योजना सबै वडा, विद्यालय, टोल विकास संस्था र नगर स्तरमा तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
    विपद् पूर्व सूचना प्रणालीको विकास गरी आवश्यक कार्य गरिनेछ ।                                          

नगर सभासद्ज्यूहरु,
आगामी आर्थिक वर्षको मूल कार्यभार भनेको जनताको जीवन जोगाउँने, आर्थिक विकास, समृद्धि र समावेशी विकासका लागि केन्द्रीत भएर कार्य गर्ने नै हो । करका दरलाई होइन दायरालाई बढाउने र सबौई करको दायराभित्र समावेश गर्ने रहेको छ । आत्मनिर्भर उपमहानगरको रुपमा विकास गर्नका लागि आन्तरिक राजश्व वृद्धिका जोड दिइनेछ ।  सुशासन सुदृढिकरणमा नागरिक निगरानीलाई प्रोत्साहित गरिनेछ । भ्रष्टाचार शुन्य सहनशिलतालाई संस्थागतरुपमा विकास गर्न पारदर्शिता, जवाफदेहीता, सहभागितामुलक जिम्मेवारीपनको विकासमा जोड दिइनेछ । अन्तमा यस उपमहानगरको विकासमा साझेदारी र सहयोग गर्ने संघ तथा प्रदेश सरकार,विकास साझेदार संस्थाहरु, नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र, गैर सरकारी संस्था, पत्रकार तथा आमसञ्चार क्षेत्र, नेपाल नगरपालिका संघ र अन्य संघ÷महासंघ लगायत सम्पूर्ण कर्मचारी तथा नगरवासी दाजुभाई, दिदी वहिनीहरुमा धन्यवाद व्यक्त गर्दछु । वार्षिक नीति तथा कार्यक्रम तर्जुमा महत्वपूर्ण सहयोग पु¥याउने सबै जनप्रतिनिधि, कर्मचारी, विज्ञ, राजनीतिक दल, संघसंस्था सबैमा ह्रदयदेखि धन्यवाद व्यक्त गर्दै यसको कार्यान्वयनमा सबै पक्षको साथ सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्दछु । 
धन्यवाद

२०७७ जेठ ५ गते 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार