श्रेष्ठद्धारा राप्ती बबई क्यापसलाई पानी ट्यांकी सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ असार ५ गते शुक्रवार

शरद रेग्मी


तुलसीपुर : तुलसीपुर पश्चिम क्षेत्रको शैक्षिक धरोहर राप्ती बबई क्याम्पस तुलसीलाई समाजसेवी शिक्षा प्रेमी तुलसीपुर उपमहानगरपालिका ५ का तोरणध्वज श्रेष्ठले ५ सय लिटरको पानी ट्यांकी सहयोग गरेका छन् । कोभिड १९बाट बच्न हात धुने पानीको व्यवस्थापनका लागि क्याम्पसमा ट्यांकी र त्यसका लागि आबश्यक स्टेन सहयोग गरेका हुन् ।
शुक्रवार एक कार्यक्रमको बीच भएको सहयोग हस्ताण तरण कार्यक्रममा वोल्दै दाता श्रेष्ठले शिक्षासर्व श्रेष्ठ भएकोले शिक्षाक्षेत्रमा एउटा सानो सहयोग गरेको बताए । शिक्षा क्षेत्रमा सहयोग गन पाएकोमा हर्षिद भएको समेत बताए । उनले समाजलाई परिवर्तन गर्ने शिक्षालाई शैक्षिक थलोलाई अभाव हुन दिन नहुने समेत बताए । श्रेष्ठले क्याम्पसमा आफनो पहिलो कार्य भएको भन्दै आगामी दिनमा सहयोग थप्ने प्रतिबद्दता समेत गरेका छन ।
राप्ती बबई क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णुकुमार देवकोटाले श्रेष्ठ परिवारको सहयोगले क्याम्पसलाई उर्जा थपेको र यो सहयोगले निरन्तर्ता पाउने विश्वास समेत व्यक्त गरे । क्याम्पस प्रमुख युवराज रावतले समुदायकै सहयोग र लगानीले क्याम्पस यहाँसम्म आएको भन्दै क्याम्पसका लागि ठूलो अर्थ राखने सहयोग श्रेष्ठ बाट भएको बताए । कार्यक्रममा समितिका कोषाध्यक्ष विनिल केसी, तोरोण ध्वज श्रेष्ठका छोरा अनुपराज श्रेष्ठ , सहायक क्याम्पस प्रमुख भुप बहादुर बुढाथोकी, पूर्व क्याम्पस प्रमुख महेश आचार्य, अध्यापकहरु टेकन कडेल, हिमाल कडेललगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार