गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार ५ गते शुक्रवार

पर्वत :  गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३४८ पुगेको छ।  गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा नवलपरासी पूर्वका २ जना, बागलुङका १४ जना, कास्कीका ६ जना र स्याङजाका ६ जना रहेका छन्। 

संक्रमितहरु नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाका २ जना पुरुष, बाग्लुङको गल्कोट नगरपालिकाका ६ पुरुष र २ महिला, काठेखोला गाउँपालिकाका ६ पुरुष रहेका छन् । त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ३ पुरुष र २ महिला, रुपा गाउँपालिकाका एक पुरुष रहेका छन्। त्यस्तै स्याङजाको कालिगण्डकी गाउँपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार