५ किलो भन्दा बढि लागु औषध अफिम सहित १ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार ४ गते बिहिवार


दाङ : दाङमा प्रहरीले ५ किलो भन्दा बढि आगु औषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ । मंगलबार राप्ती गाउँपालिका १ भालुवाङका ३४ बर्षीया राज कुमार पुनलाई ५ किलो २५० ग्राम लागु औषध अफिम सहित पक्राउ गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । पुनलाई लु ४३ प ६४१५ नम्वरको मोटरसाईकलमा लागु औषध सहित राप्ती गाउँपालिकाको शान्तिनगर स्थित पूर्व–पश्चिम राजमार्गमा बाट पक्राउ गरेको हो ।

पुनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । त्यसैगरी बुधवार प्रहरीले ब्राउन सुगर सहित २ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले रा ४ प २८७६ नम्बरको मोटरसाईकलमा घोराहीबाट तुलसीपुर आउने क्रममा तुलसीपुर १८ दूधरासमा बुधवार दिउँसो साढे २ बजे तुलसीपुर १ भमके का २३ बर्षीय लोक बहादुर थापा र घोराही १५ की २० बर्षकी सरिता परियार पुन पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता एंव प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । पक्राउ परेका मध्य थापाको साथवाट १ ग्राम ३४० मिलिग्राम खैरो हिरोइन र ३३ हजार नगद फेला परेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार