• २०७७ मङ्सिर ९ गते मङ्गलवार

चीन र भारतलाई तत्काल सम्बाद र बार्ताबाट समस्यामा समाधान गर्न शान्ति समाजको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७७ असार ४ गते बिहिवार


दाङ : दुई छिमेकी मुलुक भारत र चीनलाई ‘आवेग होइन् विवेक प्रदर्शन गर्न’ मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । चिनियाँ र भारतीय सेना बिच हालै सिमान्त गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएको खबरले मानव अधिकार तथा शान्ति समाज दुखित एवं स्तब्ध भएको भन्दै तत्काल सम्बाद र बार्ताबाट समस्यामा समाधान गर्न आग्रह गरेको छ ।

युद्ध निषेध : शान्ति विशेष भन्ने आह्वानसहित अभियानरत मानव अधिकार तथा शान्ति समाजले बिहीबार दाङको तुलसीपुरमा प्रर्दशन गरेको हो । शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले युद्धको कुनै पनि कृत्यको विरोध गर्दछ र वार्ताबाटै समस्याको समाधान गर्न आग्रह गरे ।

एशियाका २ ठुला मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा उनको जोड छ । शान्ति समाज दाङ शाखाले गरेको प्रर्दशनमा शान्ति समाज दाङ शाखाका पुर्ब सभापति एंव बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, बार्ताबाटै समस्याको समाधान खोज्न आग्रह गरे ।

समाजका पुर्ब केन्द्रिय सदस्य निर्मल नेपालीले आवेग होइन् विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन् समझदारीलाई विस्तार गर्न दुवै देशलाई आग्रह गरे । शाखा सभापति शरद रेग्मीको सभापतित्वमा भएको प्रर्दशन कार्यक्रममा सचिब निर्मला डिसी योगीले सहजिकरण गरेकी थिईन् । शान्ति समाजले बिगतदेखि युद्ध निषेध : शान्ति बिशेष कार्यक्रम गर्दै आएको छ । यसैबिच,शान्ति समाज रुपन्देही शाखाले बिहान बुटवलमा प्रर्दशन गरेको छ ।

केन्द्रिय समितिको आयोजनमा दिँउसो १ बजेदेखि काठमाण्डौस्थित चिनियाँ र भारतीय दुतावास अगाडि एकसाथ शान्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार