• २०७७ कार्तिक १३ गते बिहिवार

लडेर गम्भीर घाइते वडा सदस्यको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असार ४ गते बिहिवार

रुकुम : पैदल हिड्ने क्रममा लडेर घाईते भएकी रुकुम पूर्वकी एक वडा सदस्यको मृत्यु भएको छ ।भूमे गाउँपालिका वडा नं.४ की ५८ वर्षीया धनशरी कामीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार काँडा भन्ने स्थानमा लडेर गम्भिर घाईते भएकी उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र काँडा तर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बिहीबार हुने भनिएको वडा कार्यालयको बैठकमा सहभागी हुन भनेर वडा सदस्य कामी बुधवार नै सजिलोको लागि काँक्ररीस्थित छोरीको घर जान भनि हिडेकी थिइन्।वडा सदस्य कामीको शव उनकै घरमा राखिएको र अन्तेष्टिको तयारी गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार