• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा ब्राउन सुगर सहित २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार ३ गते बुधवार


दाङ : दाङमा प्रहरीले ब्राउन सुगर सहित २ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले रा ४ प २८७६ नम्बरको मोटरसाईकलमा घोराहीबाट तुलसीपुर आउने क्रममा तुलसीपुर १८ दूधरासमा बुधवार दिउँसो साढे २ बजे तुलसीपुर १ भमके का २३ बर्षीय लोक बहादुर थापा र घोराही १५ की २० बर्षकी सरिता परियार पुन पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता एंव प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

पक्राउ परेका मध्य थापाको साथवाट १ ग्राम ३४० मिलिग्राम खैरो हिरोइन र ३३ हजार नगद फेला परेको उनले जानकारी दिए । थापा नेपाल सरकार प्रतिबादी बबि पुन समेत भएको र लागुऔषध ब्राउन सुगर मुद्धामा २०७६ साल भदौ २१ गतेदेखि फरारको सूचिमा रहेका व्यक्ति रहेको प्रबक्ता डमरपालले जानकारी दिए ।

त्यस्तै थाप संगै पक्राउ परेकी सरिता भने लागु औषध मुद्धामा अनुसन्धानमै रहेका घोराही १५ निवासी शंकर पुनकी पत्नी रहेको प्रहरीले बताएको छ । पक्राउ परेका माथि थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार