• २०७७ कार्तिक १३ गते बिहिवार

लकडाउन खुकुलो भएता पनि ब्यापार हुदैन् : ब्यवसायी

Author Logo..
अनलाइन राप्ती २०७७ असार २ गते मङ्गलवार


विकास डाँगी
तुलसीपुर :
बन्दाबन्दीको ८४ दिनपछि सोमबारदेखी लकडाउनमा खुकुलो भएको छ । लकडाउन खुकुलो भएसँगै दाङसहित देशैभरका सरकारी कार्यालयहरु, बैंक , वित्तिय संस्थाहरु तथा बजारहरु खुलेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा लामो समय बन्द रहेका कार्यालय र बैंकहरु सोमबारदेखी दैनिक १० घण्टा खुलेका हुन् ।

असार १ गते देखी बिहान ८ देखी दिउँसो १ बजे सम्म एक सिफ्ट र दिउसो १ बजे देखी बेलुका ६ बजे सम्म दोस्रो सिफ्टमा कार्यालयहरु र बैंक खुल्ने भएका हुन् । लकडाउन खुलेपछि बजारमा किनमेल गर्ने सर्वसाधारणको चहल पहल व्यापक देखिएको छ । तर सरकारी कार्यालयहरुमा भने मानिसहरुको जमघट कम देखिएको थियो ।

तर लामो समयपछि ब्यवसायी संचालनमा आएपछि ब्यवसायीहरुलाई केही सहज भएता पनि यातायातका साधनहरु नचल्दाँ गाउँबाट नागरिकहरु बजार नआउँदा त्यति ब्यापार नहुने बताएका छन् । तुलसीपुरमा फेन्सी ब्यवसायी गर्दै आउनु भएका तिलक बहादुर डाँगीले बताए ।‘ करिब ३ महिनापछि लकडाउन खुकुलो भयो,’उनले भने,‘ तर बजारमा गाउँका मानिस आउँनको लागी यातायता चलेका छैन्, बजारका मानिसले मात्र ब्यापार हुदैन् । ’ अब लकडाउन खुकुलो भएपछि घरबेटीले भाडाँ माग्न आउँछन्, ब्यापार हुदैन् कसरी तिर्ने भन्दै उनले दुखेसो पोखे ।


त्यसैगरी तुलसीपुरका अर्का ब्यवसायी मोहन प्रसाद न्यौपानलेले राज्यले लकडाउनलाई खुकुलो पार्दै लैजादाँ र नेपालमा दिनप्रतिदिन बढ्दै जादाँ यसले विकराल रुप लिनसक्ने भन्दै उनले सबै सचेत हुनु पर्ने बताए । ‘ हामीलाई यस्तो परिस्थीतिमा पसल खोल्न रहर होईन्,’ उनले भने,‘ तर यो अवस्था कहिले सम्म हो, थाहाँ छैन्, राज्यले ब्यवसायीलाई कर तिर्न ताकेता गरेको छ । ’ राज्यलाई नागरिक तथा ब्यवसायीहरुले कर नर्तिने होईन्, तर ३ महिना सम्म ब्यवसाय बन्द हुदाँ कसरी तिर्ने ? यसको लागी केही समय दिनु पर्ने उनको भनाई छ ।

यता ३ महिना पछि सोमबार सरकारी कार्यालय खुलेको भएता पनि सेवाग्राहीहरु पहिलो दिनमा खासै नआएको कार्यालयहरुले ईलाका प्रशासन कार्यायल तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डनले बताए । कार्यालयले तुलसीपुर उपमहानगरपालिका , दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गर्दै आएको भएता पनि पहिलो दिन कम मात्र नागरिकहरु सेवा लिन आउने गरेको उनले बताए ।

‘ २ सिप्टमा कार्यालय संचालन गरिएको तर पहिलो दिन खासै सेवाग्राहीको भिडभाड देखिएन्,’ उनले भने,‘ अब भोली पर्सीबाट अलि भिडभाड हुन्छ होला, तर कार्यालयमा कर्मचारी अभावले सेवा दिन समस्या भईरहेको छ ।’

त्यसैगरी उनले कार्यालयले सुरक्षित तरिकाले सेवा दिने ब्यवस्था गरेको समेत बताए । कार्यालयमा सेवा लिन आउने नागरिकहरुले अनिवार्य मास्क लागउनु पर्ने र कार्यालय भित्र प्रबेश गर्दा गेटमा साबुन पानीले हात धोएर आउनको लागी ब्यवस्थ गरिएको समेत शाखा अधिकृत टण्डनले बताए । अहिले विशेषगरी नागरिकता बनाउन आउनेहरुको भिडभाड हुन सक्ने भएकाले २ सिफ्टमा नै नागरिकताको काम गर्ने गरेको र पासर्पोट लगाएत अन्य काम पहिलेको अफिसको समयबाट दिने उनले बताए ।

कार्यालयमा धेरै भिडभाड हुन नदिन टोकन सिष्टमबाट नागरिकता र पासर्पाेटको काम गर्ने उनको भनाई छ । त्यसैले कार्यालयमा पासर्पाेट बनाउन आउने भएता पनि यहाँबाट विभागमा पठाउन समस्या हुने समेत उनले बताए । काठमाडौँ पठाउन हवाई सेवा छैन्, त्यसले पासर्पाेटमा समस्या हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार