• २०७७ कार्तिक १३ गते बिहिवार

प्रतिष्ठानका निर्देशक सहित २१ जना होम क्वारेन्टाइनमा

Author Logo..
अनलाइन राप्ती २०७७ असार २ गते मङ्गलवार


दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका प्रतिष्ठानका निर्देशक सहित २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन ।

प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीका अनुसार ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्।अस्पतालको मेडिकल वार्डमा उपचारका क्रममा रहेका बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको उनले बताईन् । त्यसैगरी दाङमा एक जना नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परिक्षणमा घोराही भरतपुर स्थित रिपुमर्दन गणमा कार्यरत ३२ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ ।

कोरोनाका कारण मृत्युभएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी ५९ बर्षीय पुरुषको उनि सहितको नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो । सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार