• २०७७ कार्तिक ६ गते बिहिवार

बर्षा शुरु सँगै नदितटीय क्षेत्रका बासीहरु चिन्तित

Author Logo..
अनलाइन राप्ती २०७७ असार २ गते मङ्गलवार


दाङ : दाङका नदीतटीय क्षेत्रका नागरिकलाई बर्षातमा आउने बाढिले बर्षेनी दुख दिने गरेको छ । हजारौ बिगाह खेतियोग्य जमीन कटान हुने,गाँउबस्ती डुवान हुने,पुलपेलसा,सडकमा क्षति हुने र जनधनको पनि त्यतिकै क्षति हुने गरेको छ । त्यसकारणले पनि नदितटीय क्षेत्रका बासीन्दाहरु बर्षा शुरु भएदेखि नै चिन्ती हुने गर्दछन् । तर नदि तटीय क्षेत्रका नागरिकहरुलाई बाढी र डुवानबाट कम भन्दा कम क्षति गराउन सरकारले प्रयास गरेको छ । सरकारले पनि ती क्षेत्रमा डुुवान र कटानको नियन्त्रणका लागि प्रयास गरिरहेको छ । त्यतीले मात्र नभएपछि पूर्व सूचना प्रणालीको अभ्यास गरिएको छ ।


लमही नगरापालिका ८ धनबरुवाका लक्ष्मीप्रसाद चौधरीले गाउँमा बर्षो देखि बाढीले ठुलो क्षति हुने गरेको बताउनुभयो । एक घण्टा भन्दा बढि पानी परेमा राप्ती नदि गाउँमा पस्ने गरेको र यहाँका सबै मानिसहरु सुरक्षित ठाउँमा जाने गरेको उनले बताए । तर अहिले बाढिको बारेमा पूर्व जानकारी दिने मेसीन जडान गर्दा केही राहत मिलेको बताए । पूर्ब सर्तकता अपनाउने गर्दा विगतको जस्तो बाढीबाट ठुलो क्षति ब्यर्होनु नपरेको उनले बताए ।


जिल्लाको राप्ती र बबई नदीतटीय क्षेत्रका ६८ समुदायहरुमा पूर्व सूचना प्रणालीको अभ्यास गरिएको छ । ४ चरणसम्म पठाइएको पूर्व सूचनाले जानकारी देखि सुरक्षित हुने सम्मको वातावरण बनेको सामुदायिक विपद व्यवस्थापन समिति तुलसीपुर १३ बखरिया दाङका संयोजक नवराज रावतले बताए । विपद्को पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली अन्तरगत समुदाय स्तरमा अभ्यासको रुपमा गरिएको कार्य अहिले बाढी आउदा र विपद पर्दा प्रभावकारी देखिएको छ । समुदाय स्तरमा समेत बाढी मापन स्केल राखेर समेत समुदायलाई बाढी बाट सुरक्षित गराउने अभ्यार थालिएको छ ।


राप्ती नदीको पानीको सतह मापन केन्द्रले दिएको सूचना अनुसार समुदाय सम्म बाढीको अवस्थाको सूचना पुग्ने गरेको पानी मापन कर्ता सूर्य बहादुर रावतले बताए । उक्त क्षेत्रमा २०३२ सालदेखि पानीको बहाप मापन केन्द्र सञ्चानमा रहेको छ । दाङमा मध्यराप्ती जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन । ती समुदायलाई बाढीबाट सुरक्षित राख्न र पूर्व सूचना प्रणालीको अभ्यास गराएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालले बताए ।

बाढि र विपद्को समयमा उद्धारको लागि आवश्यक पर्ने रबर बोट, स्टेचर,हेलमेट, प्राथमिक उपचारका सामग्रीहरूलाई तयारी अवस्थामा राखिएको केन्द्रका सुचना ब्यवस्थान सहायक विनायक पौडेलले बताए । बबई जलाधार क्षेत्रमा चार पालिका अन्तरगत २८ समुदाय बाढीको उच्च जोखिममा छन्, भने मध्यराप्ती जलाधार क्षेत्रमा चार पालिका भित्र ४० समुदाय बाढीको जोखिममा छन् । दाङमा यूएसएआइडीको सहयोग र प्राक्टिकल एक्सनको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी दाङले विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलिकरण परियोजना समुदाय स्तरमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार