• २०७७ मङ्सिर ११ गते बिहिवार

गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार २ गते मङ्गलवार

काठमाडौँ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जनमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज कोरोना पुष्टि भएका गोरखाका १० जनामध्ये गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र ३१ वर्षीया एक महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा र पूर्वी नवलपरासीको विनयत्रिबेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना पुष्टि भएको छ । मंगलबार संक्रमण पुष्टि भएका १८ जना सबै भारतबाट फर्किएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार