• २०७७ फाल्गुन २३ गते आइतवार

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ असार १ गते सोमवार

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय नाघेको छ ।

एकै दिन थप  ४५१ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षणका क्रममा ४५१ थपिएका हुन् ।

यस्तै सोमबारसम्म १ हजार ४१ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप  ६७ जना जना उपचारपछि घर फर्किएका छन् । योसँगै विभिन्न अस्पतालको आइसोलेसनमा उपचारारत मानिसहरूको संख्या ५ हजार १५१ रहेको छ ।

सोमबारसम्म क्वारेन्टाइनमा बस्नेहरूको संख्या १ लाख ३३ हजार ८२९ जना रहेको दिइएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार