• २०७७ फाल्गुन २४ गते सोमवार

मिनी ट्रक र अटोरिक्सा जुध्दाँ अटो चालक गम्भिर घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ असार १ गते सोमवार


दाङ : दाङमा मिनि ट्रक र अटोरिक्सा एक आपसमा ठोकिदाँ अटो चालक गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । दाङको पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह २५८३ नम्बरको अटो र तुलसीपुरबाट पश्चिम जादै गरेको रा १ ख ११६० नम्बरको ट्रक तुलसीपुरको दोघरेमा सोमवार दिउँसो करिब ३ बजेतिर ठोकिदाँ अटो चालक दंगीशरण गाउँपालिका ६ प्रसुडुवाका ४२ बर्षीय मेघराज बुढाथोकी गम्भिर घाईते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई नन्द पोख्रेलले जानकारी दिए ।

बुढाथोकीको टाउँकोमा गम्भिर चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागी बाँके रिफर गरिएको उनले जानकारी दिए । ठक्कर दिने ट्रक, चालक र अटोलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी दाङमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ । सोमबार दिउसो १२ बजेतिर नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ४ ख २५०९ नम्बरको ट्याङ्कर तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँमा दुर्घटनामा परेको हो । सडकमै दुर्घटनामा परेकाले राप्ती लोकमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर दुर्घटना हुँदा डिजेल क्षति भएको भएता पनि चालक र सहचालकको अबस्था भने सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका झकल प्रसाद शर्माले जानकारी दिए । ट्याङकरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर, ससस्त्र प्रहरी, स्थानीयसहितको टोलीले निकाल्ने प्रयास गरिरहेका छन् । ट्याङकर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार