• २०७७ कार्तिक १२ गते बुधवार

मोटरसाईकल दुर्घटनामा परी वलीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असार १ गते सोमवार

दाङ : मोटरसाइकल दुर्घटनामा परी दाङका एक निर्माण व्यवसायीको को ज्यान गएको छ । एकजना घाइते भएका छन् । निर्माण व्यावसायी बबई गाउँपालिका–६ का ३७ वर्षीय खिमबहादुर वलीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ बुकालीडाँडा निवासी १८ वर्षीय कमल योगी गम्भीर घाइते भएका छन् । आइतबार बेलुका तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ३ प ४७९५ नम्बरको वलीले चलाएको मोटरसाईकलले पैदलयात्री योगीलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुवै जनालाई उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठामा लगिएकोमा वलीको उपचारकाक्रममा राति मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए । घाइते योगीलाई थप उपचारका लागि बाँके रिफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार