• २०७७ फाल्गुन १८ गते मङ्गलवार

असार १ देखि विद्यार्थीलाई रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था मिलाईदैं

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३२ गते आइतवार

काठमाडौँ : लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीका लागि सरकारले घरमै बसेर श्रव्य, दृश्यका माध्यमबाट पढ्ने व्यवस्था मिलाउने भएको छ ।
शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने वातावरण तय गरेको हो ।
त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका समेत सार्वजनिक गरेको छ।

जसअनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ। यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार