
तिर्थराज ज्ञवाली
देउखुरी दाङ : कोरोना भाईरस चेकजाचका लागि आवस्यक पर्ने भि टि एम आईतवार राप्ती गाउँपालिका लाई प्रदान गरिएको छ ।
दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहिले २ सय थान भिटिएम राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई बुझाईएको हो ।
डा. पुष्प भुसाल र डा. रेगन सिंह थापाको टोलिले गाँउपालिका अध्यक्ष सुवेदीलाई प्रदान गरे । सो भिटियम क्वारेन्टीनमा बस्नेहरुलाई कोरोना भए नभएको थाहा पाउन प्रयोग गरिने अध्यक्ष सुवेदीले बताए ।
उनले नागरिकको स्वास्थ्य सुरक्षाको र रोग पत्ता लगाउन सहयोग पुग्ने सामाग्रीका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहि लाई धन्यवाद प्रदान गरे । सो भिटिएम हाल गाउँपालिकाको २० वटा क्वारेन्टिनमा बसेका भएका ४ सय १७ जना मध्य २ सय जनाको कोराना रहे नरहेको चेक गर्न मदत पुग्ने छ ।