
दाङ : दाङमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार पिसिआर जाँच गर्दा बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का २५ र ४२ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखीएको हो । गाउँपालिकाबाट १३१ जनाको नमुना संकलन गरिएको मध्ये ५२ जनाको परिक्षण गर्दा दुई जनाको रिपोट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
बंगलाचुली र कपिलबस्तुबाट नमुना परिक्षणका लागी पठाईएका १०६ मध्ये ९९ जनाको रिपोट नेगेटिभ र ७ जनाको पोजेटिभ देखीएको हो । अन्य ५ जना भने कपिलबस्तुका रहेका छन् । ती मध्ये एक जना महिला रहेका छन् । उनीहरु १२ देखी ५० वर्ष उमेर समुहका रहेका छन् ।

अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस