• २०७७ मङ्सिर ११ गते बिहिवार

पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष माथिको दुर्व्यवहारप्रति भत्र्सना

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३० गते शुक्रवार

दाङ : नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनमाथि भएको दुर्व्यवहारप्रतिको भत्र्सना गरिएको छ । घोराही १४ शहिद लखनपार्क नजिक अध्यक्ष प्रियासनमाथि  तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेकोप्रति महासंघ दाङ शाखाले भत्र्सना गरेको हो । 

स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुग्नुभएको थियो । सचिव भूपेन्द्रप्रकास वलीद्धारा जारी विज्ञप्तीमा स्थानीयसँग सौहाद्रतापूर्वक छलफल चलिरहेको सन्दर्भमा स्थानीय युवाले अध्यक्षको मोटरसाइकलको चाबि खोसेर हातपात समेत गरेको उल्लेख गरिएको छ । 

उनिहरुले अध्यक्ष तथा सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्देश्यलेसामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेको विज्ञप्तीमा लेखिएको छ । 

विज्ञप्तीमा दोषिलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक गतिविधि नगर्न सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार