• २०७७ फाल्गुन १९ गते बुधवार

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३० गते शुक्रवार

काठमाडौं : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ।  गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्।

स्याङ्जाका २२ जना मध्ये वालिङ नगरपालिकाका २ जना, गल्याङ नगरपालिकाका १८ जना अर्जुनचौपारि गाउँपालिकाका एक जना ररुक जनाको ठेगाना खुलेको छैन्। त्यस्तै पर्वतमा थप १३ जा थपिएका छन्।

उनिहरु कुश्मा नगरपालिकाका १० जना पैयु गाउपालिकाका एक जना बिहादी गाउँपालिकाका एक जना र एक जनाको ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ। त्यस्तै तनहुँका एक जना र नवलपारसी पूर्वका एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार