दाङमा गाईको मासुसहित ६ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २९ गते बिहिवार


दाङ : दाङमा ५ किलो गाईको मासुसहित ६ जनालाई पक्राउ परेका छन् । गाईको बाच्छीलाई काटी मासु बोरामा राखेर हिडिरहेको समयमा घोराही उपमहानगरपालिका ५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधवार राती ८ बजे ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले सुचनाको आधारमा पक्राउ गरेको थियो । गाईको बाच्छी काटेर मासु भाग लगाएर हिडिरहेको समयमा ५ किलो मासुसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार