• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङमा ८ कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २९ गते बिहिवार

दाङ : दाङमा ८ जना कोरोना संक्रमित थपिएका छन । विहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षण रिपोर्ट अनुसार ३ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवका अनुसार राप्ती गाउँपालिकाका ६ जना, घोराही उपमहानगरपालिकाका १ जना र तुलसीपुर उपमहानगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार राप्ती गाउँपालिका वडा नं. १ का बर्ष १२ र ३२ बर्षीय पुरुष र ३० का महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै राप्ती गाउँपालिका वडा नं. ३ का २२ र २७ बर्षीय पुरुष र बर्ष १८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का २८ बर्षीय पुरुष र घोराही उपमहानगरपालिका वडा नं. १४ की ४३ बर्षीया महिलालाई कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ९४ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार