शरद रेग्मी
तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुमा हुन सक्ने संक्रमण र उनीहरुको अबस्था हेरेर बजार खोल्ने निर्णय गर्ने बताए । मगंलबार तुलसीपुर उद्योग बाणिज्य सघंका पदाधिकारीहरुसगंको छलफल कार्यक्रममा मेयर पाण्डेले भने “अहिले अपरान्ह १२ बजे सम्म बजार खुल्दै आएको छ, सहज परिस्थिति सृजना भएपछि मात्रै पुर्ण रुपमा बजार खोल्ने निर्णय गर्नुपर्छ ।”
पुरै बजार खोल्दा बाहिरी जिल्लाबाट आउने ब्यक्तिहरुको पहिचान गर्न समेत प्राबिधिक रुपमा समस्या हुने भन्दै उनले जनताको स्वास्थ्यमा पर्न सक्ने सम्भाबित खतराप्रति सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
जनताको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नहुने भन्दै ब्यबसायिहरुलाई परेको पिर मर्काबाट आफु टाढा नभएको भन्दै जतिसक्यो छिटो स्थानिय सरकारले बैज्ञानिक निर्णय गरेर शुक्रबार वा आइतबार सम्म ब्यबसायिहरुलाई केहि सहजता प्रदान गर्ने बताए ।
यता अषाढ मसान्तको चटारो र लामो लकडाउनको मार खेपिरहेका आम ब्यबसायिको चाहाना अनुसार सघंले स्थानिय सरकार,जनप्रतिनिधि,सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुसगंको सहकार्य र समन्वयमा बजार खोल्ने समय केहि हेरफेर गर्न पहल थालेको सघंका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिए ।
“हामि ब्यबसायिको मर्म र चाहाना अनुसार उच्च सतर्कताका साथ बजार ब्यबस्थापन गरेर साँझ सम्म खोल्ने पक्षमा बारम्बार समन्वय गरिरहेका छौ, अध्यक्ष रावतले भने । “
ब्यबसायिहरु असाढ मसान्तको क्लोजिंङ,बैकको किस्ता र घरभाडा अनि नबिकरणको चपेटामा पर्दा पर्दै पनि राज्यको निति,स्थानिय सरकारको निर्णय पालना गर्दै आम जनताको स्वास्थ सुरक्षालाई ख्याल गरि सिमित समयमा ब्यबसाय खोल्न बाध्य भएको उनले बताए ।
अध्यक्ष रावतका अनुसार केहि दिनमा निश्चित मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्दै बजारहरु खोल्ने निर्णय हुन सक्ने उनले बताए ।
यता केहि दिनमा क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको स्थिति र कोरोना परिक्षणको रिपोर्ट सबै आईसकेपछि परिस्थिति हेरेर मात्रै बजार पुर्णरुपमा खोल्न तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार सम्म तुलसीपुर उपमहानगरपालिका भित्र ४३ जनामा कोरोना पुष्टि भएको छ भने दश जना निको भएर घर फर्किसकेका छन ।
त्यस्तै मगलबार सम्म तुलसीपुर क्षेत्रका बिभिन्न क्वारेन्टाइनहरुमा रहेका १ सय ७८ जना ब्यक्तिहरुको कोरोना परिक्षण हुन बाकि रहेको छ ।
उनीहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य महाशाखाका फोकल पर्सन बिमल केसिले जानकारी दिए ।