दाङमा वडाध्यक्ष सहित २१ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार १६ गते मङ्गलवार


दाङ , दाङमा मंगलवार एक जना वडाध्यक्ष सहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका ७ का वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षण गर्दा वडा नम्वर ७ का ५८ वर्षिय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी सहित तुलसीपुर क्षेत्रका ६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तैगरी सोहि वडाका अन्य ४ जना र तुलसीपुर ६ का ५७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । तुलसीपुर ७ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भए पश्चात वडा कार्यालयलाई शिल गरिएको जनाईएको छ । त्यसैगरी घोराही उपमहानगरपालिकाका ११ जना, शान्तिनगर गाउँपालिकाका ४ जनामा कोरोनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु भारतबाट आएका हुन् । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ८३ जना पुगेको छ । त्यसैगरी प्रतिष्ठनामा स्वाब परिक्षण गर्दा सल्यानका १ महिला र १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार