खुकुरी प्रहार गरी फरार भएका बुढामगर ७ महिनापछि पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार १५ गते सोमवार

तुलसीपुर : खुकुरी प्रहार गरी फरार भएका एक ब्यक्तिलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । गत बर्ष मंसीर १५ गते तुलसीपुर ४ बस्ने २७ बर्षीय बिमल नेपालीलाई खुकुरी प्रहार गरी फारार भएका तुलसीपुर ४ नयाँबस्तीका २२ बर्षीय अबिसर बुढा भन्ने अभिषेक बुढामगरलाई सोमवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

फरार रहेका बुढामगरलाई खोजतालसको क्रममा घरमै बसी रहेको अवस्थामा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । तुलसीपुर ४ निवासी दिपक अधिकारी समेतका ब्यक्तिहरुले रातको २ बजे धारिलो हतियार खुकुरी तरवार घाटिमा प्रहार गर्दा छेक्ने क्रममा बाँया हात काटिन पुगी नेपाली गम्भिर घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार