दाङमा सोमवार थप ५८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार १५ गते सोमवार

दाङ : दाङका १० वटै स्थानियतहमा कोरोना संक्रमित भेट्टिएका छन् । यस अघि ९ वटा पालिका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो, भने सोमवार  दंगीशरण गाउँपालिकाका  २ जना ब्यक्तिमा कोरोना पुष्टि भएसंगै  सबै पालिकामा कोरोना देखिएको हो । सोमवार दाङमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा स्वास्थ्यकर्मी, नेपाली सेना र भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरु छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दंगीशरण गाउँपालिका वडा नं. ५ र ६ का २ जना महिलामा कोरोना संक्रमण भेटिएको हो ।

 उनीहरु भारत बाट आएको खुलेको छ । त्यसैगरी  गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ६ जना, राप्ती गाउँपालिकाका ५ जना र  शान्तिनगर गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ  ।

यसैविच परिवार नियोजनमा कार्यरत  १ महिला स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङको फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यसैगरी नेपाली सेनाको रिपूमर्दन गणका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

२ साता पहिले भारतबाट घोराहीमा शब ल्याई व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको हो । यस अघि पनि सोही कार्यमा खटेका १ जना सेनामा कोरोना देखिएको थियो । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ६२ जना पुगेको चन्दले बताए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार