दाङमा झण्डै ४० प्रतिशत धान रोपाई

Author Logo..
अनलाइन राप्ती २०७७ असार १५ गते सोमवार

दाङ : असार १५ गतेलाई राष्ट्रिय धान दिवसको अवसरमा दाङमा पनि धान रोपेर मनाएको छ । तर धान रोपाई भने दाङमा झण्डै ४० प्रतिशत भईसकेको कृषी ज्ञान केन्द्र दाङले जनाएको छ ।
समयमै बर्षात शुरु हुने र कोरोनाका कारण खेती गर्न सक्ने जनशक्ति स्वदेश फर्कनुका कारणले यो बर्ष झण्डै ३ हजार हेक्टरमा धान खेतिमा बृद्धी हुने सक्ने आकल गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए ।

बिगतका बर्षहरुमा बाँझो रहेका खेतहरुमा समेत यसपटक रोपाई भएका छन् । गतबर्ष ३८ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो । भने करिब ४० हजार हेक्टर सम्ममा धान खेती हुने छ । यस बर्ष समय मै मल र पानी पाउँदा छिट्टै रोपाई गर्न पाएको तुलसीपुर १८ विजौरीका तिलकराम चौधरीले बताए । तर खेतिपातिमा ध्यान हुने धान दिवसमा खासै ख्याल नहुने भएकाले असार १५ राष्ट्रिय धान दिवस थाह नपाएको बताए ।


रासायनिक मलको अभाव भएको भन्दै धान रोपाईको मचामचमा नपाउदाँ नर बहादुर बस्नेतको दुखि छन् । पैसा हाल्दा पनि पाईदैन् । अब राज्य दिने भनिएको कृषि अनुदान सुनेको छु तर हामी सम्म आई नपुग्ने बताए । तुलसीपुर उमहानरपालिकाले तुलसीपुरका जनतालाई मात्र खाद्यान्न आत्मनिर्भर नबाई यहाँ उत्पादन भएको खाद्यान्नलाई बाहिर जिल्ला निर्यात गर्ने नगरका रुपमा विकास गर्न लागेको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।


त्यस लागी उपमहानगरले किसानहरुलाई विउ उत्पादन र बाली उत्पादनका लागी धान र मकैको विउ अनुदान दिएको बताए । कोरोना भाईरस संक्रमणको सर्तकताका कुरा सुनेकी तुलसीपुर दमारगाँउकी किसान केशरी पाण्डेले गत बर्षको जस्दो खुल्ला रुपमा रोपाई नभएको बताइन् ।
उनले कोरोनाको कारणले गर्दा सबैको मनमा डर त्रास भएकाले सामाजिक दुरी कायम गर्दै रोप्ने गरेको बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार