लेखक तथा निर्माता श्रेष्ठले ‘आँधी तुफान’ २ सिनेमा बनाउँदै

Author Logo..
अनलाइन राप्ती २०७७ असार १५ गते सोमवार


दाङ : नेपाली सिनेमा क्षेत्रका चर्तित लेखक तथा निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान’को सिरिज बनाउने भएका छन् । लकडाउनको समयमा उनले चलचित्र ‘आँधी तुफान ’२ को कथा लेखेको बताएका छन् । चलचित्र ‘आँधी तुफान’ वि.सं २०६१ सालमा महेन्द्र बुढाथोकी निर्देशनमा निर्माण भएको यो चलचित्रले नेपालमा विभिन्न सिनेमा हलमा ५१ दिन भन्दा बढि चलेको थियो ।

यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो । त्यसैगरी ‘आँधी तुफान’ २ यो चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी श्रेष्ठले बताए । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने चलचित्रका लागि निर्देशक र कलाकारको छनोट भइरहेको समेत लेक तथा निर्माता श्रेष्ठले बताए ।

लेडी एक्सन चलचित्र ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । अब यसको सिरिजका लागि पनि नयाँ तथा पुराना अनुहारलाई लिने तयारी यसको निर्माणपक्षले जानकारी गराएको छ । नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा यो चलचित्र निर्माण हुने श्रेष्ठले बताए ।

विगत २४/२५ बर्षदेखि सिने क्षेत्रमा लागेका श्रेष्ठले हाल सम्म एक सय भन्दा सुपरहिट चलचित्र लेखिसकेका छन् । उनले धेरै फिल्म् पनि निर्देशन गरेका छन् । उनका धेरै फिल्म्ले एक सय दिन भन्दा बढि सिनेमा हलमा चलेका थिए ।

उनले लेखेका माया नमार, बुवाआमा, अजम्बरी नाता, दादागिरी, खलनायक, दोस्ती धड्कन लगाएत चलचित्र सुपरहिट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार