
बुटवल : शिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभरटोलमा मध्यराति भएको सवारी दुर्घटनामा बुटवलका एक पत्रकारको मृत्यु भएको छ । आफैले चलाएको कार दुर्घटनामा परी न्यूज २४ का बुटवल संवाददाता कृष्णबाबु पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षीय पाण्डेको उपचारकै क्रममा शनिबार राति नै अस्पतालमा मृत्यु भएको हो । कार सडक किनारको फलामे बारमा ठोक्कीदा दुर्घटना भएको हो ।
पोष्टमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।