दाङमा शनिवार थप ३१ जनामा कोरोना कोरोना पुष्टि

Author Logo..
२०७७ असार १३ गते शनिवार

दाङ : दाङमा शनिवार थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । घोराहीका २८ , बंगलाचुलीका २ र बबई गाउँपालिकाका १ जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ । शुक्रवार मात्रै जिल्लामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा शनिवार १९० वटा नमुनाको पिसिआर परिक्षण गर्दा दाङका ३१ , रोल्पाका एक र कपिलबस्तुका ७ जना गरी ३९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार