दाङ : दाङमा जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर र तुलसीपुरमा १० जना बिरामी परेका छ । घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर गाउँपालिका–१ गुन्डले का ४५ बर्षका कबिराज खाम्चा, श्रीमति मिना खाम्चा, छोरा २२ बर्षका बमबहादुर खाम्चा, बुहारी २० बर्षकी देबी खाम्चा, छोरी २० बर्षकी भिमा खाम्चा, र नातीनि दिवशिका खाम्चा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।
त्यसैगरी त्यसैगरी च्याउखाएर तुलसीपुर ८ अश्वारा का ७० बर्षका मानसीङ रोका, ६८ बर्षकी श्रीमति विष्णु रोका, ५० बर्षका वसन्त रोका , ४८ बर्षकी मैमी रोका पनि बिरामी परेका छन् ।उनिहरुले पनि जंगली च्याउ खाँदा बिरामी भएको अस्पतालले जानकारी दिएको छ । सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।