
दाङ : कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई पुर्व सभामुख तथा दाङ क्षेत्र नं २ का सभासद् कृष्ण बहादुर महराले पुनः विभिन्न सामग्रीहरु सहयोग गरेका छन् । महराले सर्जिकल माक्स २०० थान, पिपिई सेट ५० थान, सहयोग गरेका हुन् । पुर्व सभामुख महराले सो समग्री बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब वहादुर वलीलाई हस्तान्तरण गरेका थिए । साथै महराले अन्य सामग्रीहरु पनि सहयोग गर्ने बताए ।
यसैगरी स्वाथ्य कार्यालय दाङले २०० थान पिपिई सेट,६१५ चस्मा,६१५ मिरर सहयोग गरेको छ । त्यसैगरी सम्राट सिमेन्ट लमहीले ५०० थान माक्स, १ ईन्फारेड थर्ममिटर सहयोग गरेको छ । यसैगरी व्यवसायी आर.के.पाण्डेय र यमराज मल्लले च्यावनप्रयास ३५,स्यानिटाईजर ३० वटा र २४० वटा झुल सहयोग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाङ जिल्ला सचिव तुलसीराम पुन (शुवास)को पहलमा उनीहरुले सहयोग प्रदान गरेका हु्न् ।