ब्यबसायिक सेवा प्रदान गर्दै तुलसीपुर उवासंघ

३ महिनामा १ हजार बढि ब्यबसायिहरुका फर्म नबिकरण,
Author Logo..
अनलाइन राप्ती २०७७ असार १३ गते शनिवार


शरद रेग्मी


तुलसीपुर, १३ असार :
तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरूको सहजताका लागि प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरण गरिदिने सेवाको व्यवस्था गरेको छ । उद्योग वाणिज्य संघको आफ्नो कार्यक्षेत्र भित्रका व्यवसायीहरुको ब्यस्तता लाई मध्यनजर गर्दै सहजता दिन उद्योग वाणिज्य संघको कार्यालयमा प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरण गरिदिने व्यवस्था मिलाएको उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले जानकारी दिए ।

संघले नविकरणको सेवा प्रदान गरिरहेको हुँदा आफ्नो व्यवसायको प्राईभेट फर्म कार्यालयमा उपलब्ध गराउन कार्यालय भट्टाराईले सवैमा आग्रह गरे । लामो समयको लकडाउनका कारण ब्यबसायिहरुलाई हिडडुल र सरकारी कार्यालयमा पुग्न समेत कठिनाई भैरहेको सन्दर्भमा कागजातहरु चुस्त र दुरुस्त राख्न सघंले भुमिका निर्बाह गरेको बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिए ।


अध्यक्ष रावतका अनुसार अहिले सम्म करिब १ हजार बढि ब्यबसायिहरुका फर्म नबिकरण,पान नम्बर ,बिजुली, पानी र टेलिफोनको रकम भुक्तानि बाणिज्य सघं मार्फत भैसकेको छ ।
सघंले ब्यबसायिक सेवा केन्द्र स्थापना गरेर ब्यबसायिहरुका दर्ता,नबिकरण र अन्य सेवाहरुलाई सरल बनाउन अनलाईन र अफिसियल मार्फत ब्यबसायिहरुको काम गर्दै आएको सचिब बिनिल केसीले जानकारी दिए ।


सचिब केसीका अनुसार न्युनतम शुल्कमा ब्यबसायिहरुलाई घरमै सेवा प्रदान गर्दै आएको कामको सबैक्षेत्रबाट प्रशसा भैरहेको र अन्य जिल्ला नगरका उद्योग बाणिज्य सघंहरुले तुलसीपुरको सिको गर्दै ब्यबसायिक सेवा केन्द्रको स्थापना गरेर काम सुरु गरिसकेको बताए ।
यता घरदैलोमै सेवा पाएपछि अरूण ईन्टरप्राईजेजका सन्चालक अनुप कुमार श्रेष्ठले सघंलाई धन्यबाद ज्ञापन गरे ।


ब्यबसायिहरु लामो समयको लकडाउनको पालना गर्दै घरमै बसिरहेको सन्दर्भमा संघले ३ महिना अघिदेखि सञ्चालन गर्दै आएको ब्यबसायिक सेवा केन्द्र उपलब्धिमुलक भएको बताए ।
श्रेष्ठका अनुसार ब्यबसायिहरु अषाढ मसान्तको चपेटामा परेको र ब्यस्त समयका कारण जरिमाना र फर्म खारेजी सम्म हुन सक्ने परिस्थितिमा सघंले उदाहरणिय कामको सुरुवात गरेको प्रतिक्रिया दिए । त्यसैगरी अर्का ब्यबसायी द पार्क क्याफेका सञ्चालक राजेन्द्र महतराले सघंले सुरु गरेको ब्यबसायिक सेवा केन्द्रका कारण आफुहरुको समय बचत हुने गरेको बताए ।


हामीले राम्रो काम गर्ने सस्थालाई धन्यबाद भन्नुपर्छ अहिलेको नेतृत्वले उदाहरणिय र नमुना योग्य काम गरिरहेको छ ब्यबसायिक सस्थाले यस्तो सेवा प्रदान गर्दा सरकारी कार्यालयमा काम गराउन केहि सहजता भएको छ , अर्का ब्यबसायि देबेन्द्र केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार