शान्तिनगर ३ सिस्नेरी खोलामा पक्की पुल निमार्ण

Author Logo..
अनलाइन राप्ती २०७७ असार १३ गते शनिवार

शान्तिनगर : शान्तिनगर गाउँपालिका ३ सिस्नेरी खोलामा २० लाखको लागतमा पक्की पुल निमार्णमा भएको छ । शनिवार उक्त पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले गरेका थिए । पुलको उद्घाटन गर्दै अध्यक्ष डाँगीले पुल निर्माण भएपछि गाउँपालिकाको पहाडी बस्तीहरुका नागकिरहरुलाई आवत जावतका लागि सहजता हुने उनले बताए ।

त्यसैगरी गाउँपालिकाले विकासमुखी तथा समृद्ध शान्तिनगर बनाउन विभिन्न स्थानमा विकासको कामलाई तिव्रता दिएको समेत उनले बताए । उक्त खोलामा पक्कि पुल नहुदाँ बर्षायाममा बस्तीखोला, साउनी, बाघखोर लगाएतका नागरिकहरु गाउँपालिका तथा बजार जान समस्या भोग्दै आएका थिए ।

अब पुल निर्माण भएपछि त्यहाँका नागरिकहरुलाई सहज हुने छ । त्यसैगरी सो पक्की पुललाई दिर्घकालिन टिकाउनका लागि वडा नं ३ ले खोलामा तटबन्ध गर्ने भएको छ । खोलामा तटबन्धका लागि वडाले २ लाख रुपैया छुटाएको वडा ध्यक्ष बुद्धिराम तिवारीले जानकारी दिए । उक्त पुल निर्माणको प्रेमधन निर्माण सेवाले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार