दाङमा शुक्रवार सम्म ४५० जनामा कोरोना पुष्टि

१४ सय स्वाब परिक्षणको क्रममा
Author Logo..
अनलाइन राप्ती २०७७ असार १३ गते शनिवार

दाङ : दाङमा शुक्रवार थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा कोरोना संक्रमतिको संख्या ४५० पुगेको छ । घोराहीमा केही दिन अगाडी ब्यवारिस अवस्थामा फेला परेकी महिलाको उपचारको क्रममा निधन भएको र उनको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

जिल्लामा सबै भन्दा बढि घोराहीमा २१० जना, बंगलाचुलीमा १४० जना, तुलसीपुरमा २६ जनामा कोरोना संक्रमति भएको स्वास्थ्य कार्यायल दाङले जनाएको छ । त्यसैगरी राजपुर गाउँपालिका, १२ जना, राप्तीमा १३ जना, शान्तिनगरमा ७ जना, गढवामा १५ जना, बबईमा ३ जना र लमहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्लामा हाल सम्म ९ हजार २३ जनाको स्वाब संकलन भएको मध्य ७ हजार ६२४ जनाको परिक्षण गर्दा ४४९ जनामा कोरोना पुष्टि भएको र ७ हजार १७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । अब जिल्लामा १४ सय स्वाब परिक्षणको क्रममा रहेको समेत उनले बताए । त्यसैगरी जिल्लाका क्वारेन्टाइनमा शुक्रवार सम्म ३ हजार ४४१ जना ब्यक्तिहरु बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार