दाङ : दाङमा शुक्रवार थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका–३१ जना, तुलसीपुर उपमहानगरपालिका ११ जना, बंगलाचुली गाउँपालिका १० जना, राजपुर गाउँपालिकाका १० जना, शान्तिनगर गाउँपालिका ६ जना, लमही नगपालिका ३ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ४५५ पुगेको छ ।
त्यसैगरी दाङमा ३ दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकको प्रतिक्षालयको बेन्चमा बेवारीसे अबस्थामा सुतेकी महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएको थियो ।उपचारकै क्रममा ति महिलाको मृत्युभएपछि स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।अन्दाजी ३०३५ बर्षको जस्तो देखिने ति महिला बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अबस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । ति महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन ।