काठमाडाैं, १२ असार : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा काेराेना पुष्टि भएकाे हाे ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा एक-एक जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ ।
निर्देशक डा. शर्माका अनुसार नवलपरासीका गाैडाकाेट नगरपालीकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा काेराेना पाेजेटिभ देखिएकाे छ । त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा काेराेना पुष्टि भएकाे छ ।
स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँकाे व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा काेराेना पुष्टि भएकाे छ । त्यस्तै बाग्लुङकाे बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा काेराेना पाेजेटिभ देखिएकाे छ ।