दाङ : दाङमा प्रहरीले लागुऔषधसहित २ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार विहान करिब सवा १० बजेतिर राप्ती गाउँपालिकाको सिसहनियाँमा चेकजाँच गर्दा पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको रा ४ प ६०६९ नम्वरको मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका १५ विपिचोकका २१ वर्षीय बिमल कालाथोकी लुकाई राखेको ट्रामल–५० लेखेको लागुऔषध ५० पत्ता र नाइट्राभेट १० लेखेको २ पत्ता र सोही मोटरसाइलमा पछाडी सवार घोराही १४ रतनपुरका २१ वर्षीय अनुज बस्नेतले पनि लुकाई राखेको ट्रामल–५० लेखेको ५० पत्ता लागुऔषध फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका दुबैजना र मोटरसाइकल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दाङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्