नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुग्यो
Author Logo..
अनलाइन राप्ती २०७७ असार ११ गते बिहिवार


काठमाडौं, ११ असार : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषको कोभिड १९ को कारण मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. अर्जुन आचर्यका अनुसार बुधबार राति ११ ः ३५ मा उनको मृत्यु भएको हो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो ।उनी यहि असार ८ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार