शान्तिनगरले ४३ करोड ५४ लाख बढिको बजेट ल्यायो

Author Logo..
अनलाइन राप्ती २०७७ असार १० गते बुधवार

दाङ : शान्तिनगर गाउँपालिकाले ४३ करोड ५४ लाख ६० हजार ६ सय बराबरको बजेट सार्बजनिक भएको छ । उपाध्यक्ष मिथिला शाहले बजेट सार्बजनिक गरिन् । शाहका अनुसार २७ करोड ८ लाख ९६ हजार ६ सय चालुतर्फ र १६ करोड ४६ लाख पुजीगततर्फ बजेट ब्यबस्थापन गरिएको छ । सडक पुर्वाधार तर्फ गाउपालिकाको सवै वडामा सडक निर्माण गर्न आवस्यक बजेट विनियोजन गरिएको हो ।

साथै गौरवको योजना तर्फ वडा न. ४ को जुम्लेकुलाा चौतारा देखि शुन्दरा देवि मन्दिर सम्म वाटो स्तर उन्नति तथा कालोपत्रेका लागि १ करोड , मावि सिमसिन्दुर देखि विष्णपुर सम्म जोड्ने सडक मर्मत तथा कालोपत्रेका लागि १ करोड, वडा न ७ मा धनौररी देखि बैसा जोड्ने सकड मर्मत तथा कालोपत्रको लागि ५० लाख ,कोर्वाङ कासीपुर देखि रगैचा सम्म सडक स्तर उन्नतिकोलागि १ करोड , गाउँपालिकाको योजना तथा कार्यक्रम सञ्चालनका लागि २ करोड ३० लाख रहेको छ ।

गाउँपालिका भित्र निशुल्क स्वास्थ्य सेवा का लागि ५० लाख , शिक्षा लाई निशुल्क र अनिवार्य वनाउन १ करोड ७५ लाख , कृषि लाई ब्यवसायि मुखी बनाउन ५० लाख वजेट विनियोजन गरिएको उपाध्यक्ष शाहले जानकारी दिईन् । पशु विकास कार्यक्रमको लागि २५ लाख,महिला विकाशका लागि ७ लाख , कोरोणा नियन्त्रणको लागि ४१ लाख , पेदिखोला हावाखाने डाडामा कृतिम सिचाई जलासय निर्माणका लागि ३० लाख , खरका छाना बिस्थापन लागि ५० लाख ,वगिया खानेपानि लाईन विस्तारको लागि ८० लाख, प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजनका लागि ४५ लाख,राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ब्यवस्थापन गर्न ३३ लाख, वडा न. ३ र ५ को भवन निर्माणका लागि ७० लाख, दुग्ध चिस्यान केन्द्रीको लागि १९ लाख ५३ हजार बाख्रा प्रबदन का लागि १० लाख , ज्यामिर सिचाई आयोजनाको लागि ८० लाख र वडा अन्तरगत हुने विभिन्न कार्यक्रम तथा योजना सञ्चालन गर्नका लागि सवै वडालाई ७५ लाख सिलिङ निर्धारण गरेको उपाध्यक्ष शाहले बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार