आहा तुलसीपुर बनाउन युवाहरु सक्रिय,पातुखोला सरसफाईमा जुटे

Author Logo..
२०७७ असार १० गते बुधवार

तुलसीपुर : तुलसीपुरका युवाहरुले सुन्दर तुलसीपुर बनाउन जुटेका छन् । तुलसीपुरको बिभिन्न क्षेत्रको फोहर ब्यबस्थापन गर्ने र जथाभाबि फोहर फाल्ने स्थानलाई सुन्दर बनाउने तयारीमा जुटेको आहा तुलसीपुर क्लवका अध्यक्ष दीपक काफ्लेले बताए । हाम्रो उदेश्य सुन्दर र आहा कति राम्रो भन्ने बनाउने हो,यो अभियानमा युवाहरु संगठित भएका छौ,काफ्लेले बताए ।


बुधबार बिहान पातुखोलाको किनारामा सरसफाईमा जुटेका उनले भने ,कति धेरै फोहर छ,यसलाई ब्यबस्थापन गर्न सकिन्छ । यो फोहर ब्यबस्थापन पछि यहाँ सफा हुन्छ,रोगपनि लाग्दैन् । फोहरबाटै रोग लाग्ने हो नि जानकारी हुदाहुदैपनि समूदायबाट फोहर जथाभाबि फ्याकिएको छ । अव यी फोहरको डुङगुर भएका स्थानमा मीनि पार्क बन्ने छन्,उनले भने । फोहर ब्यबस्थापनमा जुटेकी ईशा वलीले भनिन् ,हाम्रो समूहले मात्र यो अभियानमा सफल हुन सक्दैन् । त्यसैले तुलसीपुरका सरसफाई अभियान बिमल रिजाल र उहाँको अभियानमा सहकार्य गर्ने समूहलाई पनि आमन्त्रण गरेका छौ, उनले भनिन् ।


शैक्षिक संस्थाहरु बन्द भएका छन् । लकडाउन अलि खुुकुलो पनि छ,त्यसैले सामाजिक दुरी कायम गरी सरसफाईको अभियानमा जुटेका हौ, उनले भनिन् ।
शैक्षिक संस्थाहरु सञ्चालनमा आएपनि समयको ब्यबस्थापन गर्दै आहा तुलसीपुर बनाउने अभियानले निरन्तरता पाउने छ,उनले भनिन् । पहिलो प्राथमिकता तुलसीपुर स्थीत नयाँ बसपार्क छेउको पातुखोला किनारालाई फोहर ब्यबस्थापन गरिने र त्यसमा बिभिन्न जातका बिरुवा रोपिने ईशाले बताईन् । आहा तुलसीपुर क्लवमा झण्डै २५ बढी युवा र युवतीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार