दाङमा बुधबार ७६ जनामा कोराना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार १० गते बुधवार

दाङ : दाङमा बुधबार ७६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अनुसार बंगलाचुलीका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बंगलाचुली गाँउपालिका वडा नम्वर २ बाट संकलन गरिएको ८४ जनाको स्वाव मध्ये ४९ जनाको परिक्षण गरिएको थियो । ति मध्ये ४२ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेहरु ५ बर्षदेखि ४४ बर्ष उमेर समूहका छन् ।

ति मध्ये ३ जना महिला छन् भने ३९ जना पुरुष छन् । यस्तै,घोराही उपमहानगरपालिका वडा नम्वर १का २४ जना , वडा नम्वर ४ का २,वडा नम्वर ५ का ४,वडा नम्वर १५ का १ र घोराही मात्रै ठेगाना लेखिएका एकजना गरि ३४ जना ब्यक्तिमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ । प्रतिष्ठानमा अझै २ हजार ५ सय ५३ जनाको स्वाव परिक्षण बाँकि रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार