
दाङ : दाङको लमही नगरपालिकाले नगरभित्रका अती विपन्न असहाय जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाले मंगलवार ४, ५ र ६ नम्बर वडाका छनौटमा परेका २५ जना जेष्ठ नागरिकलाई नगद आर्थिक सहयोग गरिएको हो । आर्थिक वर्ष २०७६/७७ मा बिनियोजित रकमबाट नगरपालिका भित्रका ६० जना महिला पुरुषलाई प्रती ब्यक्ती सात हजार पाँच सय रुपैयाँ प्रदान गरिने छ । नगरपालिकाले अति विपन्न र असहाय जेष्ठ नागरिकको पहिचान गरेर नगरका नौ वटै वडाका ६० जनाको लागि चार लाख पचास हजार रुपैयाँ बिनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले जानकारी दिए ।
बुढेसकालमा ती असहाय नागरिकलाई जिवनयापन गर्न सहज होस, कसैबाट छिछी घिन घिनको व्यवहार खेप्न नपरोस,आफुलाई ईच्छा लागेका बस्तु किन्न सकुन भन्ने यो कार्यक्रम उदेश्य भएको नगर प्रमुख केसीको भनाई छ । यसरी नगरपालिकाले असहाय र जेष्ठ नागरिकको आर्थिक अवस्थालाई ख्याल गरेर नगद सहयोग गरेको भन्दै उनिहरु खुशी भएका छन । आगामी दिनमा पनि राज्यले यस्तै सहयोग गरोस भन्ने उनिहरुको चाहाना छ ।